Senator Peter Welch, of Vermont, left to right, Senator Thom Tillis, of North Carolina, Senator Angus King, of Maine and moderator congresswoman Jane Harman, Commission on the National Defense Strategy, United States, take part in the Halifax International Security Forum, Saturday, Nov. 22, 2025. (Kelly Clark

ह्यालिफ्याक्स (नोभा स्कोटिया), ७ मङ्सिर । रुस–युक्रेन युद्धको अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनाप्रति कडा आपत्ति जनाउँदै अमेरिकी सांसदहरूले अहिलेको स्थितिबारे गम्भीर चिन्ता प्रकट गरेका छन् ।

सांसदहरूका अनुसार उनीहरूले शुक्रबार विदेशमन्त्री मार्को रुबियोसँग भएको संवादमा रुबियोले नै ट्रम्प प्रशासनले किएभमाथि स्वीकार गर्न दबाब दिइरहेको योजना कुनै औपचारिक अमेरिकी प्रस्ताव नभई ‘रूसी पक्षको इच्छा–सूची’ जस्तै भएको बताउनुभएको थियो । तर यस दाबीलाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले स्पष्ट रूपमा असत्य भन्दै खण्डन गरे ।

त्यसपछि रुबियोले समेत असाधारण रूपमा अनलाइन प्रतिक्रिया दिँदै सांसदहरूले आफूलाई गलत बुझेको सङ्केत गर्नुभयो । यद्यपि ती सांसदहरूले भने उक्त जानकारीको स्रोत रुबियो आफैँ भएको दाबी गरिरहे । रुबियोले मस्कोको हितमा अत्यधिक झुकेको देखिने शान्ति प्रस्तावका सम्बन्धमा वासिङ्टनकै जिम्मेवारी रहेको बताउँदै आफ्नो थप अडान सार्वजनिक रूपमा दोहोर्‍याउनु भयो ।

ट्रम्प प्रशासनको अनुमोदन पाएको, व्यापक रूपमा चुहिएको २८ बुँदे अमेरिकी शान्ति योजना ह्वाइट हाउसका अनुसार रुबियो र राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच झन्डै एक महिनासम्म चलिरहेको परामर्शको नतिजा हो । उक्त प्रस्तावमा युक्रेनले ठूलो भूभाग त्याग्नुपर्ने जस्ता धेरै रूसी मागहरू समावेश गरिएका छन् । भूभाग त्याग्नुपर्ने प्रस्तावलाई युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले धेरैपटक अस्वीकार गर्दै आउनुभएको छ ।

राष्ट्रपति ट्रम्पले युक्रेनले अर्को हप्ताको अन्त्यसम्ममा योजना स्वीकार गर्नुपर्ने बताउँदै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0