
काठमाडौं, २५ कात्तिक । साताकाे शेयर तेश्राे दिन मंगलबार नेपाली शेयर बजार सकारात्मक बनेकाे छ । अघिल्ला तीन दिन नकारात्मक बनेकाेमा यसदिन बजार सकारात्मक भएर बन्द भएको छ । नेप्सेमा आज सामान्य बृद्धि भएकाे छ ।
नेप्से परिसूचक ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा उक्लिएकाे छ । सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ । फ्लोट इण्डेक्स ०.२३ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१६ अंकले घटेको छ ।
यसदिन नेप्से सूचक बढेकाे भएपनि कारोबार रकम भने घटेको छ । २५४ कम्पनीहरुकाे ७९ लाख ४७ हजार ५८ कित्ता शेयर काराेबार भएकाे छ ।
उनीहरुकाे ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको हाे । सोमबार ४ अर्ब ५१ करोड ४४ लाख ८ हजार रुपैया बराबरको शेयर काराेबार भएकाे थियाे ।
बन्दिपूर केबलकार मबिलुङ इनर्जी, सागर डिपस्ट्रलरी, बुङगोलको शेयरमूल्य बढेर कारोबार भएको छ। यी सबै कम्पनीहरु शाईन रेसुङ्गा डिवेन्चरको मूल्य १० प्रतिशतले बढेर कारोबार भएको छ भने १०.२५ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चरको मूल्य सबैभन्दा धेरै घटेकाे छ ।
कारोबार रकमकाे आधारमा साहस उर्जा अगाडी रहेकाे छ। कम्पनीको ३५ करोड ५८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको शेयर पनि अधिक कारोबार हुनेमा रहेका छन् ।
१३ उपसमूहहरुमध्ये ७ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका ६ वटा उपसमूहहरुमा राताे लागेकाे छ । बैंक, हाईड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्यूचुअल फण्ड, र ब्यापार उप समूहको सूचक सकारात्मक भएको छ। बिकास बैंक, वित्त, होटल, लगानी लघुवित्त र अन्य उपसमूहको सूचक नकारात्मक देखिएकाे छ ।






















