
काठमाडौं, ११ कात्तिक । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेकाे छ । केहि दिनदेखि सुनचाँदीकाे भाउ घट्ने क्रममा निरन्तरता देखिएकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको छ । चाँदी तोलामा ६० रुपैयाँले घटेको छ।
महासंघका अनुसार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सोमबार प्रतितोला २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























