
नारायण शर्मा, नवलपरासी, १९ असाेज । गैडाकोट नगरपालिकाको एक घरमा आग्लागी हुँदा ७९ वर्षिया एक बृद्धा महिलाको जलेर मृत्यु भएको छ ।
नवलपरासीका प्रहरी प्रमुख युवराज खड्काका अनुसार आइतबार बिहान गैडाकोट नगरपालिका वडा नम्बर १० सम्झना चोकमा रहेको श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको छ । श्रेष्ठ बस्दै आएको कोठमा मात्र आग्जनी भएको छ ।
घरमा एक्लै बस्दै आएकी श्यामकुमारी बस्ने कोठामा जलेर मृत्यु भएको हो । घटनास्थलमा पुगेका एसपी खडकाले घटना रहस्यमय जस्तो देखिएकाे कारण पत्ता लगाउन कुकुर मगाइएको जानकारी दिए ।
एक्लै बस्दै आएको ब्यक्तिलाई कस्ले किन जलायो भन्ने पत्ता लगाउने प्रयासमा छौ खडकाले भने बृद्धा जलेको कारण पत्ता लगाउन प्रहरी घरभित्र पसेको छैन ।
श्यामकुमारीका दुई छोरा मध्ये जेठा छोरा नजिकै अर्को घरमा बस्ने गरेको र कान्छा छोरा परिवार सहित अमेरीकामा बस्ने गरेका छन्।
आइतवार बिहान आगलागी भएको र प्रहरी र शशस्त्रको टोलीले बिहान साढे ७ बजे आगो नियन्त्रणमा लिएको थियो । आग्लागीको कारण खुलेको छैन ।























