
काठमाडौं, ५ असाेज । साताकाे सुनचाँदीकाे काराेबार हुने पिहलाे दिन आईतबार आज नेपाली सुनचाँदी बजारमा सुनकाे भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेकाे छ । चाँदीकाे भाउले नयाँ रेकर्ड बनाएकाे छ ।
आईतबार सुनको भाउ प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ । चाँदी तोलामा ४० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ ।
गत शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख १६ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर रुपैयाँ ताेलाकाे २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि चाँदीको भाउ दुई हजार ५९५ रुपैयाँ थियाे भने शुक्रबार चाँदी दुई हजार ५८० रुपैयाँमा कारोबार भएकाे थियाे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
