नारायण शर्मा, नवलपरासी, ४ असाेज । वर्षादका कारण हिलाम्य राजमार्गमा गाडि फसेर अबरुद्ध भएकाे दाउन्ने सडक खण्ड शनिवार दिउसाेबाट सञ्चालनमा आएको छ ।

प्रहरी उपरिक्षक यादब ढकालका अनुसार दाउन्नेमा घामलागेका कारण हिलोसुकेर यातायात सञ्चालनमा आएको हो । शनिवार दिउसो ३ बजेबाट दाेहाेराे यातायात सञ्चालन भएको हो ।

वर्षादका कारण उकालो र हिलोमा फसेका गाडि सजिलै वारपार हुन नसक्दा त्यहाँ गत ७२ घण्टादेखि राजमार्ग खुल्दै र बन्द हुदै आएको थियो ।

मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोलामा पहिरो गएका कारण काठमाण्डौबाट भैरहवा बुटवल हिडेका गाडि त्यहि रोकिएका छन्। मुग्लिन नारायणगढ हुदै जाने गाडि बुटवलतर्फ नआएका कारण गत तिनदिनदेखि पालो कुर्दै बसेका दाउन्ने क्षेत्रका सबै गाडि वारपार भएका छन्।

महेन्द्रराजमार्ग निर्माण ठेक्का लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेशन प्रालिले राजमार्ग फराकिलो पार्ने भन्दै कालोपत्रे भत्काएर अलपत्र पारेका कारण गत ७ वर्षदेखि दाउन्नेमा सामान्य वर्षादमा समेत घण्टौ जाम हुने गरेको छ ।

महेन्द्रराजमार्ग अन्तरगतको दुम्कीवास बर्दघाटको बिचमा पर्ने दाउन्नेको १४ किलोमिटर सडक मध्ये करिब ७ किलोमिटर (एकतर्फी) ढलान सडक निर्माण भैसकेको पत्रकार नारायण शर्माले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0