
(नवलपरासी) ४ असोज। हालैको अविरल वर्षात्ले बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन र सरावलका धान बालीमा क्षति पु¥याएको छ । पाल्हीनन्दन र सरावलमा ७०० बिघाहभन्दा बढी धान बाली डुबान भएको पाल्हीनन्दन‐१ का वडासदस्य चुुल्हाइप्रसाद यादवले जानकारी दिए।
उहाँका अनुसार यस वर्ष सरावल र पाल्हीनन्दनका शंकरपुरमा धान बाली सप्राएकोे थियो । उनका अनुसार धनेवा र झरही खोलामा आएको बाढीले पाल्हीनन्दन र सरावलको धानबालीमा क्षति पु¥याएको हो । पाल्हीनन्दनको शंकरपुर र सरावल गाउँपालिकाको मधवलीया, खडवना र भुजहवाका किसान चैते फसल गेंहु, तोरी, मसुरो र केही मात्रामा ऊखु खेती गर्छन् ।
वडासदस्य यादवले भने, “पाल्हीनन्दन र सरावलका किसान प्रत्येक वर्ष धानबाली लगाउँदछन् । बाढीले खेतमै धान सडछ धान काटन पाउँदैनन् । यस वर्ष धान काट्न पाईन्छ की भन्ने आश लागेको थियो । कतिपय धान फलिसकेको थियो । केही प्रजातिका धान फलिरहेको थियो ।
अहिले धान काटने बोला बाढी आएर हामीलाई बर्बाद बनायो ।” बाढीले सरावलमा ७०० बढी बिघाहमा लगाइएको धान बाली डुबान भएको सरावल‐७ का वडाध्यक्ष हेयात खान धुनियाले जानकारी दिए। सरावल–६ मधवलीयाका किसान घनश्यामा चौधरीले डेढ बिघाहमा लगाइएको धानबाली नष्ट भएको छ र यसबाट दुई लाख रूपैयाको बराबर नोक्सान भएको जानकारी दिए ।
जिल्लाका सरावल गाउँपालिका र पाल्हीनन्दनका २७५ हेक्टर क्षेत्रफलमा लगाइएका धान बाली डुबानमा परेको नवलपरासी कृषि ज्ञान केन्द्र प्रमुख डा रविन्द्र नाथ चौबेले जानकारी दिए। उनका अनुसार पाल्हीनन्दन‐१ शङ्करपुर र सरावल‐४, ५, ६, र ७ मा बाढीले धानबालीमा क्षति पु¥याएको हो ।























