नारायण शर्मा, नवलपरासी, ९ असार । गत २६ वर्षदेखि एकछत्र बर्चश्व रहेको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा पहिलो पटक एमाले बढारिएको छ ।

दशौ अधिबेशनबाट रास्वपावाट उम्मेदवार बनेका अमृतकुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।

रास्वपावाट उम्मेवार बनेका श्रेष्ठले १ हजार ६ सय ४३ मत प्राप्त गर्दै विजय भएका हुन्। उनले एमालेवाट उम्मेदवार बनेका दीपकराज लम्साललाई ३ सय मतान्तरले पराजित गरेका हुन्। सचिवमा रास्वापकै रमाकान्त पराजुली निर्वाचित भएका छन्। त्यसैगरि उपाध्यक्षमा लक्ष्मी विजयी भएकी छन्। गौतम कांग्रेसवाट उम्मेदवार बनेकीहुन्।

त्यसैगरी जनजाति महिला सदस्यमा सुनमाया थापा, दलित महिला सदस्यमा बिर्सना सुनार, लेखा संयोजकमा दिपेन्द्र न्यौपाने, लेखा सदस्यमा केशरीप्रसाद अधिकारी तथा लेखा महिला सदस्यमा हुमकला भुसाल पोखरेल निर्वाचित भएका छन्। वडा प्रतिनिधिमा गम्भीर सारु, भरतराज सेढाई , वीरबहादुर थापा, ईन्द्रप्रसाद काफ्ले, मनबहादुर गुरुङ र सूर्य हमाल निर्वाचित भएका छन्।

२०५७ साल यताका सबै निर्वाचनमा एमालेका उम्मेदवार बिजयी हुदै आएका थिए । पहिलो पटक कावासोती खानेपानी संस्थामा एमाले बढारिएको हो । एमालेले कावासोती नगरपालिका वडा नम्बर २ को वडा प्रतिनिधि भने हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0