
काठमाडौं, ३० भदाै । सरकारले जेनजी आन्दोलनकाे क्रममा मारिएकाहरुको शोकमा असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
अन्तरिम सरकारको पहिलाे पटक बसेकाे मन्त्रिपरिषद बैठकले असोज १ गते शोक बिदा दिने निर्णय गरिएकाे गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
उनले आन्दोलनकाे क्रममा निधन भएकाहरुकाे परिवारलाई १० लाख क्षतिपूर्ति र ५ लाख अन्य खर्च गरेर रुपैयाँ १५ रुपैयाँ लाख राहत दिने निर्णय भएकाे जानकारी दिए ।
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1





















