
काठमाडौं, २६ भदौ । नेपाल एशोसिएशनले युगकै जटिल परिस्थितिमा उभिएको बेलामा वर्तमान चुनौतीहरुको समाधान खोज्दै गर्दा राष्ट्रले सामना गरिरहेको समस्याको समाधान नेपालको संविधानबाटै हुनुपर्ने सार्वजनिक अपिल गरेको छ ।
देशको सर्वोच्च कानुनको रुपमा हाम्रो संविधनाले लोकतान्त्रिक शासन, अधिकारको संरक्षण र विवादहरुको शान्तिपूर्ण समाधानका लागि वैध मार्गचित्र प्रदान गर्ने बताईएको छ । संविधान कयौंको वलिदानी र वर्षौंको प्रयासपछि बनेको तथ्यलाई कदापी बिर्सन नुहने अपिलमा उलेख छ ।
बारको असपिलमा लेखिएको छ, यस जटिल परिस्थितिमा संविधानको मर्मभित्र रहि तत्काल राष्ट्रिय सरकार गठन गरी शासन प्रणालीलाई सहज बनाउनु पर्ने आवश्यत्तलामा जोड दिईएको छ । न्यायमा सबैको पहुँच सुनिश्चित गर्नका लागि अदालतका कार्यहरु निर्वाध रुपमा संचालन भईरहनु पर्दछ ।
सुशासन र भ्रष्टाचारमुक्त शासन व्यवस्था जेनजी पुस्ताको आधारभूत माग हो । यो माग यदि भुराजनीतिको चपेटामा परेर अध्याँरोतर्फ प्रवेश गर्यो भने पूर्खाको रगतबाट सिंचित नेपाली सार्वभौमसत्तामा आँच आउने र सपनामा पनि स्वीकार्न सकिदैन ।
नेपाल बारको अपिलमा लेखिएको छ, देश जोगाऔं, संविधानमा आवश्यक सुधार, परिमार्जन र संशोधन गरौं, नेपाली भूमिमा नेपाली जनताको ढुकढुकीमा संविधान बचाऔं । बारले कुनैपनि बहानामा लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेसिता सहितको संघीयता जस्ता स्थापित संवैधानिक उपलव्धिहरुमा सम्झौता नगर्न अपिल गरेको छ ।























