
काठमाडौं, २४ भदाै । विच बिडिए टेक्सास च्याप्टरकाे तेस्रो अधिवेशन सम्पन्न भएकाे छ। डलास फोर्टवर्थ मेट्रोप्लेक्समा रहेको रमाईलो ईभेन्ट सेन्टरमा सम्पन्न कार्यक्रमले सन्तोस कार्किको नेतृत्वमा आगामी कार्यकाल २०२५-२०२६ का लागि नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।
शनिवार साँझ गरिएको साे समारोहमा ब्लड डोनर्स अफ अमेरिकालाई सहयोग र साथ दिने स्थानिय संघ संस्था, ब्यक्तिहरु, रक्त दाताहरुलाई प्रमाण पत्र र प्लेगहरु प्रदान गरेर सम्मान गरिएको थियो। जहाँ टेक्सास नेपाली सोसाईटी (एनएसटि) पनि रहेको थियो।
एनएसटीले ब्लड डोनर्स अफ अमेरिकाको “आफ्नो खेर गएको रगत देऊ, ज्यान बचाऊ। रक्तदाननै जीवनदान हो” भन्ने जस्ता मानव जीवनसगं जोडिएका स्वच्छ, गैर राजनीतिक र गैर धार्मिक संस्थामार्फत सम्पूर्ण नेपाली तथा अन्य समुदायमा चेतना फैलाउने काम गरेको छ ।
यस्ता काम संसारका सबै समाजिक कामभन्दा पवित्र र गहन भएको भन्दै वर्षको १ हजार अमेरिकी डलर सहयोगको घोषणालाई निरन्तरता दिने भनिएकाे थियो। पहिलो दुई वर्षको हुने २ हजार डलर केन्द्रिय समितिलाई यस्को पाचौँ अधिवेशन बोस्टनमानै प्रदानि गरि सकेको थियो। एनएसटिका अध्यक्ष राजेन्द्र वाग्लेले साे कार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सबै सघं संस्थाहरुले पनि बिडिएलाई सहयोग गर्नुपर्ने र त्यस्काे आजबाटै सुरुवात गरौँ भने ।
करिब दुई सयजना समाजिक अभिएन्ताहरुको रोहवरमा भएको कार्यक्रम बिडिए टेक्सास राज्यका अध्यक्ष अजयराज बगालेको अध्यक्षतामा भएको थियो। प्रमुख अतिथिको रुपमा बिडिए केन्द्रका अध्यक्ष महेश्वर पन्त (बोस्टन), अतिथिहरुमा वरिष्ट उपाध्यक्ष टिका पौडेल (कोलोराडो), उपाध्यक्ष लिला श्रेष्ठ ( टेक्सास) थिए।
कार्यक्रमलाई समुद्घाटन गर्दै प्रमुख अतिथि महेश्वर पन्तले ब्लड डोनर्स अफ अमेरिका संस्था मात्र नभएर तपाई हामी सबैको अभियान भएकाे बताए । उनले भने, हामी सबै यस्मा कुनै न कुनै तवरले जोडिनु पर्छ । यो अभियानलाई पुरा गर्नुपर्छ भन्दै सबैलाई बिडिएसंग जोडिन आव्हान गरे। साथै एनएसटिले गरेको सहयोगको लागि प्रसंशा गरे भने बिडिए केन्द्रको तर्फबाट धन्यवाद प्लेग र सम्मान प्रदान गरे ।
कार्यक्रममा बिडिए सेन्ट्रलका पूर्व अध्यक्ष तथा सल्लाहाकार डा. नन्द रग्मीले बिडिए २००९ सालमा रक्तदान गर्ने गराउने अभियान चलाउने हेतुले गठन गरिएको नितान्त समाजिक ५०१ सि(३) संस्थाहो । यस्लाई सबैले सहयोग गर्दा गर्वको महसुस हुने बताए । उनले नेपालदेखि अमेरिका र विश्वभर स्वास्थ सिविर, सेवा, सहयोग र रक्तदानका अभियानमा गरेका कामहरुको सूचि प्रस्तुत गरेका थिए।
उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष लिला श्रेष्ठ र टिका पौडेलले नव निर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराएका थिए। पूर्व वरिष्ठ उपाध्यक्ष शिव काफ्लेले स्मारिका पुनर्जीवनकाे प्रकाशन र लेखक टिमलाई खादा लगाएर सम्मान गरेका थिए।
कार्यक्रममा बिभिन्न सघं संस्थाका पदाधिकारीहरु र नेपाल सरकारका प्रतिनिधि राजदुत लोक दर्शन रेग्मीको शुभकाना सन्देश भिडियो मार्फत देखाईएको थियो।
अध्यक्ष अजय बगालेले दुई कार्यकालमा सहायोग गर्ने सबै सहयोगी हातहरु, संघ संस्थाहरु, बिडिए स्टेट समिति टिम, बिडिए सेन्ट्रल समिति र लाईफ मेम्बरहरुलाई धन्यवाद दिए। साे अवसरमा उनले नयाँ समितिलाई लगातार सहयोग गरिरहने भन्दै शुभकामना ब्यक्त गरेका थिए।
नव निर्वाचित अध्यक्ष सन्तोष कार्किले सबैलाई बिडिएमा जोडिन र सहयोग गर्न अनुरोध गरे । रात्रीभोज सहितको उक्त कर्यक्रमको सञ्चालन विकाश भन्डारी (बिडिए) महासचिव र स्टेट कमिटि मेम्वर ईन्दिरा पन्थीले गरेका थिए।





























