
काठमाडौं, २३ भदाै । काठमाडौंमा जेनजी समूहकाे प्रदर्शनका क्रममा १९ जनाकाे ज्यान गएपछि गृहमन्त्री रमेश लेखकले नैतिकताकाे आधारमा पदबाट राजिनामा दिएका छन्।
साेमबार साँझ मन्त्रिपरिषद् बैठक बसिरहेकाे बेलामा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको श्राेतले बताएकाे ।
राजीनामाकै बारेमा आजै कांग्रेस बैठकमा कांग्रेसकै नेताहरुले लेखकलाई राजिनामा दिन सुझाएका थिए । उता रास्वपा, जनता समाजवादी पार्टी, नेकपा एस तथा माओवादीले गृहमन्त्री, सञ्चारमन्त्री तथा प्रधानमन्त्रीको रासजिनामा माग गरेका थिए ।
जेनजी समूहको आन्दोलन हिंसात्मक बनेपछि १९ जनाको ज्यान गइसकेकाे छ । केहिकाे अवस्था गम्भिर रहेकाे छ भने कयाै घाइते भएका छन् । उनीहरुकाे एकिन विवरण आइसकेकाे छैन ।
घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले याे अवस्थामा पदमा बसिरहनु उचित नहुने बताउदै राजिनामा दिएकाे र साे कुरा पार्टीकाे बैठकमा पनिबताएका थिए ।






















