
पोखरा, २० भदाै । पोखरेली गजलकार शिव त्रिपाठीको गजल गायन ‘घरको न घाटको पार्छ प्रेमले’ सार्वजनिक भएको छ।
साहित्यका विभिन्न विधामा कलम चलाउन सफल त्रिपाठीको शब्द, संगीत र स्वर रहेको गजल शिव त्रिपाठी युट्युब च्यानलमा बिहिबार सार्वजनिक भएको हो ।
प्रेममा परेका जोडिको जीवनमा आउने उतार चढावलाई गजलका माध्यमबाट प्रस्तुत गरिएको छ। युवा पुस्ताले निकै रुचाउने अपेक्षा गरिएको सो गजल सार्वजनिक भएको केही घण्टामा नै लोकप्रिय बनेको छ ।
पोखराको एच वाई डि रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको सो गजलको संगीत संयोजन केशवराज आचार्य र भिडियोको छायांकन तथा सम्पादन शशिधर वरालले गरेका हुन्। प्रेम भावका शब्द चयनमा माहिर त्रिपाठीका मन्दिर पनि हजुरलाई, तिम्रो मेरो प्रेम यात्रा लगायतका दर्जनौ गीत चर्चित रहेका छन्।
विभिन्न साहित्यिक संघ संस्थाबाट सम्मानित भएका त्रिपाठी प्राध्यापक हुन् ।
