
कियो, २० भदौ । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले अटोमोबाइल र अन्य जापानी आयातमा कम भन्सार शुल्क लागू गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई स्वागत गर्नुभएको छ । उहाँले यसलाई प्रमुख उद्योगहरूले भोगिरहेको अनिश्चितता हटाउने कदमका रूपमा व्याख्या गर्नुभयो ।
अघिल्लो २५ प्रतिशतबाट १५ प्रतिशतमा भन्सार शुल्क कटौती गर्ने सम्झौता जुलाई २२ मा दुवै पक्षबीच भएको थियो । “जापान र संयुक्त राज्य अमेरिकाबीचको कर वार्ता सरकारको शीर्ष प्राथमिकता थियो । हामीले सकेसम्म चाँडो र उत्तम तरिकाले सम्झौता हासिल गर्न सबै प्रयास गरेका थियौँ”, प्रधानमन्त्री इशिबाले शुक्रबार भन्नुभयो, “यो परिणाम उत्कृष्ट छ ।”
यो कदम जापानी प्रधानमन्त्रीले आफ्नै पार्टीभित्रका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट दबाब खेपिरहेको बेला आएको हो । जुलाईमा भएको निर्वाचनमा हार खाएपछि उहाँमाथि राजीनामाको माग बढ्दै गएको छ । वासिङ्टनमा जापानका शीर्ष कर वार्ताकार रियोसी अकाजावा र अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले पनि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्दै अमेरिकी परियोजनामा पाँच खर्ब ५० अर्ब डलरको जापानी लगानी पुष्टि गर्नुभएको छ ।
अकाजावाले ट्रम्पको आदेशले अटोमोबाइल र अटो पाट्र्समा भन्सार शुल्क १५ प्रतिशतमा सीमित गर्ने र विद्यमान दरमा कुनै थप वृद्धि नहुने स्पष्ट पार्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1




























