
पोखरा, २० भदौ । पोखरामा कार्यरत आम मेकानिक्सहरुको साझा संस्था गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन पोखराको २६ औं वार्षिक साधारण सभा भाद्र २१ गते शनिबार पाेखरामा हुने भएको छ ।
विसं २०४९ सालमा पोखराका अग्रज मेकानिकलहरुले सुख, दुःखको चौतारीको रुपमा एशोसिएशन दर्ता गराई निरन्तर सकृय रहँदै आएको संस्थापक सचिव एवं पूर्व अध्यक्ष सनत कुमार भट्टराईले बताए ।
सबै किसिमका सवारी साधनसंग जोडिएका आम मेकानिकल मजदुर, मालिकलाई एउटै थलोमा ल्याएर समय अनुकुलका कार्यक्रमहरु गरिदै आएको र देशमा एशोसिशएसनको प्रभाव राम्रो हुँदै हाल मेकानिकल महासंघ सकृय रहेको नेपाल अटो मेकानिकल व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष एवं गण्डकीका पूर्व अध्यक्ष कुल बहादुर नेपालीले बताए ।
एशोसिएशनमा हाल ३२१ वटा फर्महरु सहस्य रहेका छन् । ति सदस्यहरुको नेतृत्व, क्षमता अभिबृद्धि, सिपविकास लगायतका कार्यक्रमहरु, दुर्घटना बीमा सेवाका कार्यहरु गरिदै आएको अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।
वर्क्ससपबाट निस्किने फोहोर व्यवस्थापन र डेङ्गु नियन्त्रणको अभियानलाई यो वर्ष अभियानकै रुपमा पोखराभरि सञ्चालन गरिएको छ । यस अभियानमा पोखरा महानगरपालिका, प्रदेश सरकार तथा सरोकारवालाहरु कसैकाे सहयोग नभएपनि सात लाखभन्दा बढी रकम संकलन गरेर अभियान गरिएको र पोखरामा डेङगु नियन्त्रणको कार्य प्रभावकारी भएको जनाईएको छ ।
एशोसिएशानले केहि वर्षदेखि व्यवस्थित अटोल्याण्ड निर्माणमा पटक पटक आवाज उठाउदै आएको र सरोकारवालाहरुलाई ध्यानाकर्षण गराईएको भएपनि पोखरा महानगरले ध्यान नदिएको अध्यक्ष अधिकारीले गुनासाे व्यक्त गरे ।


























