
नारायण शर्मा, नवलपरासी १७ भदाै । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीलाई कतार पठाइने भएको छ ।
प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा रहेका रुद्रकली र खगेन्द्र प्रसादलाई आगामि कात्तिक भित्र कतार पठाइने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यका अनुसार कतारले कुटनैतिक च्यानल मार्फत २ वर्ष अघि २ वटा हात्ति मागेको थियो । यो सबै प्रकृया पुरा गर्न २ वर्ष लाग्यो ।
कतारको चिडियाखानामा राख्नका लागि नेपालका दुई हात्ति पठाइने भएको हो । आचार्यले त्यहाँ राख्ने स्थान, वातावरण सबै अध्ययन गरेपछि पठाउन लागिएको बताए। बिषेशज्ञहरुको प्रतिबेदनका आधारमा त्यहाँ राख्ने र बाच्न सक्ने अबस्था देखिएका कारण हात्ति पठाउन लागिएको हो । हात्तिसंग त्यसका दुई जना माउते पनि जाने छन्।
अत्यधिक गर्मि रहेको कतारको चिडियाखानामा एसीयुक्त वातावरणमा (चिसो) हात्ति राख्ने ब्यबस्था मिलाएको छ । कतारको तापक्रम ४५, ५० डिग्रि भन्दा माथि रहने भएकाले एसीमा राख्ने प्रबन्ध मिलाइएको हो ।
हात्तिले खाने आहारा घांस हाल भारतवाट बिमानवाट लगिने प्रबन्ध कतारले मिलाएको छ । पछि नेपालवाट पनि लैजान सक्ला बिभागका प्रबक्ता आचार्यले भने ।
भैरहवा बिमानस्थलवाट कतारमा हुने सिधा उडानवाट जहाजमा राखेर कतार पठाइने छ । कतारका सरकारी अधिकारी प्लेन चार्टर गरेर लिन आउने छन । कतारको राजधानी दोवामा रहेको चिडियाखानामा राखिने छ । निकुन्जका प्राबिधिक कतार गएर हाात्ति रहने स्थान र अबस्थाको निरिक्षण र जांचबुझ गरिसकेका छन्।
चितवनवाट महेन्द्रराजमार्गको नवलपरासी हुदै भैरहवा बिमानस्थलमा लग्ने छौ आचार्यले भने, त्यहाँवाट चार्टर बिमानमा कतार लगिने छ ।
कतार सरकारका अधिकारी र हात्तिका जानकार आएर चार्टर बिमानमा कतार लैजाने छन्। उनले भने, ‘हात्ती राख्ने फलामको खोर निर्माणको प्रकृया शुरु भएको छ । खोर बनेपछि हात्ती पठाउछौ ।’ खोर निमार्ण र भैरहवा सम्म लैजाने सबै खर्च नेपाल स्थित कतारी दुतावासले ब्यहोर्ने सम्झौता छ ।
कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो । रुद्रकली ७ वर्ष (पोथी) र खगेन्द्र प्रसाद (भाले) ६ वर्षका छावा हुन । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको साइज नाप गरेरहात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाएको छ । खोर भित्र राखेका दुई वटा हात्ति ट्रकमा राखेर सौराहाबाट लुम्बिनी स्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल लगिनेछ ।
कतार र नेपाल दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिन लागेको आर्चाले टेलिफोनमा सुनाए ।
नेपाल सरकारले २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्ती ल्याएर चितवन निकुन्जमा स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ वटा हात्ती जन्म दिई सकेको छ । हात्ति प्रजननकेन्द्रमा जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो पटक हो ।
यस अघि बिभिन्न देशमा अन्य वन्य जन्तु पठाइसकिएको छ । कतारको चिडियाखानामा राख्ने हात्तिको आनीवानी सिकाउन यहाँका दुई माउते पनि कम्तिमा एक महिनाका लागि कतारमा रहने छन्। उनिहरुले त्यहाँ हात्तिको स्याहार गर्ने दुई कतारी माउतेलाई हात्तिको आनीवानी र चालचलन सिकाएर फर्किने छन्।तस्बीर सौजन्य-मनिपुरन चौधरी (हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख)

























