
काठमाडौं, २ भदाै । साताको शेयर काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली शेयर बजारमा सामान्य अंककाे बृद्धि भएकाे छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा उक्लिएकाे छ।
सेन्सेटिभ इण्डेक्स १.६६ अंकले बढेको छ । फ्लोट इण्डेक्स ०.६६ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ अंकले बढेको छ। यसदिन काराेबार रकममा केही बमि भएकाे छ ।
अघिल्लाे दिन हिजाे ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर काराेबार भएकाेमा साेमबार ३२० कम्पनीहरुकाे ६७ हजार ९५९ पटकको कारोबार भएकाे छ । ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता शेयर किनबेच भएको छ।
युनियन हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा बढी ६.१० प्रतिशतले बढेको छ। अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ भने सम्पदा लघुवित्तको शेयरमूल्य ४.८१ प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी अगाडी रहेकाे छ। कम्पनीको २१ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुटवल पावर कम्पनीको करिब २१ करोड रुपैयाँको शेयर काराेबार भएकाे छ । एनआरएन इन्फ्रास्ट्रक्चरको साढे १८ करोड बढी भएकाे छ।
१३ उपसमूहहरुमध्ये ११ वटामा हरियाे लागेकाे छ । बाँकी रहेका २ उपसमूहहरुमा राताे लागेकाे छ। व्यापार उपसमूहको परिसूचक १.२९ प्रतिशतले बढेको छ। म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएकाे छ ।






















