पाेखरा, ११ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीले पुर्याएको मानवीय तथा भौतिक क्षतिप्रति क्षेत्री समाज नेपाल केन्द्रीय कार्यसमितिले गहिरो दुःख व्यक्त गरेको छ। समाजका अध्यक्ष रिवबहादुर थापा र सचिव शिवबहादुर थापाले विज्ञप्ति जारी गर्दै संस्थाले भोटेकोशी बाढीबाट प्रभावितहरूप्रति समवेदना व्यक्त गर्दै उद्धार र पुनःस्थापनाका लागि सरकारसँग अपिल गर्नुभएकाे हाे ।
विज्ञप्तिका मुख्य बुँदाहरू:
  • श्रद्धाञ्जली तथा समवेदना: बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
  • राहत र उद्धारमा तीव्रता दिन माग: प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन र पीडित परिवारको उचित पुनःस्थापनाको व्यवस्था मिलाउन नेपाल सरकार, स्थानीय तह तथा सम्बद्ध निकायहरूसँग आग्रह गरिएको छ।
  • सुरक्षाकर्मी तथा उद्धारकर्ताप्रति आभार: विपद्को समयमा उद्धार र राहत कार्यमा निरन्तर खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूप्रति आभार प्रकट गरिएको छ।
  • सहयोगका लागि अपिल: मानवीय भावना र राष्ट्रिय एकताका साथ प्रभावित परिवार र समुदायको सहयोगमा जुट्न क्षेत्री समाज नेपालका केन्द्र, प्रदेश, जिल्ला, पालिका, वडा, टोलबस्ती तथा वैदेशिक शाखाका सदस्यहरू लगायत सम्पूर्ण आम जनसमुदायमा अपिल गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0