Home main with pic नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १० भदौः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५५८ दशमलव ३५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ अङ्कले घटेर चार सय ५१ दशमलव ६६ मा पुगेको छ ।

त्यस्तै फ्लोट सूचक दुई दशमलव ६१ अङ्कले घटेर एक सय ७५ दशमलव ४३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ०९ अङ्कले घटेर एक सय ५२ दशमलव ५१ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ३५ लाख ८२ हजार तीन सय २० कित्ता शेयर रु चार अर्ब ७७ करोड ३८ लाख ५७ हजार छ सय ५७ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेको छ । आज २३ कम्पनीको शेयर बढ्यो भने दुई सय ५२ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, अपर हेवा खोला हाइड्रोपावर कम्पनी, एभरेष्ट बैंक लिमिटेडका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी आज रसुवागढी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी र त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here