नारायण शर्मा, पोखरा, २९ साउन । पर्बतको कुश्मा नगरपालिकामा रहेको बैशाली कृषि सहकारी संस्थाका संचालक र ब्यबस्थापकको मिलोमतोमा १८ करोडभन्दा धेरै रकम हिनामिना भएको छ ।

बचतकर्ताको कूल १८ करोड ७६ लाख ३० हजार ५ सय २८ रुपैया हिनामिना गरेको अभियोगमा संस्थाका संचालक, ब्यबस्थापक सहित १ सय ५३ जना बिरुद्ध मुद्धा चलाउन सहकारी रजिस्टारको कार्यालयले पर्वत प्रहरीलाई पत्राचार गरेको छ ।

नेपालमा एउटै सहकारीको रकम हिनामिनामा यति धेरै जनालाई मुद्धा चलाइने यो पहिलो घटना हो ।

ब्यबस्थापक कुमारी पुर्जाले सहकारीको शेयर सदस्यसमेत नरहेका स्थानियवाट दैनिक, माशिक रकम संकलन गरेर त्यस्तालाई ऋण दिएकी छन्। शेयर सदस्यबाहिरका ब्यक्तिवाट बचत रकम संकलन गर्नु र ऋण दिनु सहकारी ऐन बिपरित हो ।

संस्थाका संचालक समिति र ब्यबस्थापकको मिलोमतोमा रकम हिनामिना भएको पाइएको हो । सहकारीको रकम नक्कली ऋणि बनाएर निकासा गरिएको, त्यस्तो रकम सोझै ढिकुटी र ब्यापार ब्यबसायमा लगानी गरेर हिनामिना गरेको पाइएको छ । ब्यबस्थापक कुमारी पुर्जाले संचालक समितिलाई समेत जानकारी नदिइ कर्जा लगानी गरेको पाइएको छ । ब्यबस्थापक आफैले एक करोडभन्दा बढि रकम हिनामिना गरेको छानविन प्रतिबेदनमा उल्लेख छ । उनले आफैले खेलाएको ढिकुटीमा सहकारीको पैसा कर्जा दिएर लगानी गराएकी छन्। ५ जना महिलालाई ८ करोडभन्दा धेरै ऋण दिएर हिनामिना गरेको छानविन प्रतिबेदनमा उल्लेख छ ।

सहकारी रजिस्टारको कार्यालय पोखराका प्रमुख भेषराज रिजालले सहकारी घोटलामा संलग्न १ सय ५३ जना बिरुद्ध एकै पटक मुद्धा चलाउन प्रहरीलाई छानविन प्रतिबेदन सहित पत्राचार गरेको जानकारी दिए । नेपालको सहकारी बेथितिको घटनामा यति धेरै जनालाई एकै पटक मुद्धा चलाउन सिफारिस गरेको यो पहिलो भएको रिजालले सुनाए ।

सहकारी रजिस्टारको कार्यालय पोखराले गत असार अन्तिममा यो छानविन गरेको हो । संचालक समितिले निर्णय नै गरेर छानविन गरिपाउ भनेर आफुलाई पत्र पठाए पछि बित्तिय बिश्लेषक निर्मल गौतमले यो सहकारी हिनामिनामा छानविन गरेर प्रतिबेदन दिएका हुन ।

सहकारीको रकम हिनामिनामा त्यहाँकी ब्यबस्थापक कुमारी पुर्जा पुन(मगर), हालका अध्यक्ष गणेश पुन मगर, पूर्व अध्यक्ष गुमबहादुर पुन, कारोबारमा संलग्न स्थानिय महिला लतिफा बेगम, जरिना खातुन, सैजुन मिया, कमला कुमारी पुन मगर, सरिफा खातुन मिया, हिरामाया पुन, रामबहादुर पुन, दुर्गाबहादुर पुन मगर र नारायण शर्मा पौडेल रकम हिनामिनाका मुख्य दोषि हुन । सहकारीको सिद्धान्त बिपरित शेयर सदस्य समेत नरहेकावाट बचत संकलन गरेर त्यस्ता सदस्लाई कर्जा ( ऋण) लगानी गरिएको छ । उनिहरु सककारीको रकम हिनामिनामा संलग्न मुख्य दोषि भएको छानविन प्रतिबेदनमा उल्लेख छ ।

अघिल्लो साता प्रहरीलाई बुझाएको प्रतिबेदनमा सर्बसाधारण बचतकर्ताको रकम हिनामिनामा संलग्न १ सय ५३ जनालाई मुद्धा चलाउन र पक्राउ गरेर रकम असुलउपर गर्न पर्ने प्रतिबेदन सहित पत्राचार भएको हो ।

जिल्ला प्रहरीका डिएसपी रबिन बिष्टले डिभिजन सहकारी कार्यालय पोखराले छानविन गरेको प्रतिबेदन प्रहरी कार्यालयमा आएको र दर्ता भएको टेलिफोनमा बताए । छानविन अनुसन्धान बल्ल शुरु भएको छ । अहिले नै सबै जानकारी गराउदा आर्थिक अनियमिततामा संलग्न ब्यक्तिहरु फरार रहन सक्ने भएकाले केहि दिनपछि छानविन प्रतिबेदनका बारेमा जानकारी गराउने उनको सुनाए ।

कुनै समय पर्वतकै उत्कृष्ट मानिएको यो सहकारीमा संचालक, बचतकर्ता अधिकांस पुन समुदायवाट रहेका छन्। यो त्यहाँको पुन समुदायहरु सकृय भएर खोलेको देखिन्छ रजिस्टार रिजालले भने एउटै समुदायको सहकारी हुदा यहाँ भएको अनियमितता बाहिर आउन समय लागेको हो ।

यो सहकारीमा ४ सय २६ जना बचतकर्ता रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0