पाेखरा, २४ साउन । पोखरा महानगर पालिका वडा नं-५ गणतन्त्रचोक आसपासमा सडक दुर्घटनामा परि मृत्यु भएका ब्यक्तिहरुको आत्माको चिर शान्तिको कामना गर्दै तथा भबिस्यमा यस्ता दुर्घटना नहोस् भन्नका लागि सोमबार गणतन्त्र चोकमा हुने स्वस्ती शान्ती पूजाको तयारी बैठक सप्पन्न भएकाे छ ।

उक्त बैठकले प्रचार प्रसारमा वसन्त गौतम, प्रसाद बितरणमा लेखनाथ भटराइ, एकलधारा दिदि बहिनी समुहकी मिरा गौतम, एकलधारा टोलबिकास समुहका कृष्ण अधिकारी, टिकाराम भन्तना, चित्रनाथ अधिकारी, जगन्नाथ गौतम, हरि अधिकारी लगायत वरिष्ठ समाजसेबी हेरम्भ प्रसाद कोइराला, नेत्रपाणी अधिकारी, चोलाकान्त ओझा लगायतको उपस्थिति थियो।

पाँच जना पन्डितको उपस्थितिमा भब्य पुजा गर्ने निर्णय गरिएकाे साे चोकमा पहिला वर पिपलका रुख तथा चौतारि थिए । दैनिक पुजा गरिन्थ्याे । हाल बरपिपलका चौतारी फडानिको कारण पनि देबिदेबता रिसाएर उक्त ठाउँमा बडि दुर्घटना हुने गरेको जेष्ठ नागरिकहरुको भनाइ थियाे ।

बैठकमा आर्थिक कमिटिका कृष्ण कोइरालाले अहिलेसम्मको कामको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0