
पोखरा, २४ साउन । जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघले देशव्यापि भव्य रुपमा ३१ औं विश्व आदिवासी जनजाति दिवस मनाएको छ ।
यस वर्ष महासंघले ”प्राकृतिक श्राेत, जल, जमिन र जंगल माथि आदिवासी जनजातिकाे अधिकार सुनिश्चत गरौं ” संयुक्त राष्ट्र संघका एजेन्सि संस्था युएनड्रिप र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गरौं नारासहित मनाएकाे हाे ।
दिवसको दिन अर्थात अगष्ट ९ तारिखको दिन शनिवार साउन २४ गते नेपाल जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीको आयोजनामा तमु धिं नेपालको सभाहलमा आदिवासी अधिकारबारे प्रशिक्षणसहितको कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा प्रमुख कृष्णप्रसाद धितालले आफु राजनीतिक तथा सामाजिक आन्दोलनका रहँदा बिगतका दिनहरुबाटै आदिवासी जनजातिका माग, हकाधिकारका बारेमा जानकार रहेको बताए ।
मैले संविधान सभा सदस्य रहँदाको समयमा पनि समानता, समावेसिता, अपूर्ण कानूनका जंगलहरु नीतिगत रुपमा सुधारमा लैजानु पर्छ भन्दै आएको थिएँ । नयाँ राजनीतिक संरचनामा गएकोले संविधान, ऐन र नियमहरुले बोलेका कुराहरुलाई पूर्णता दिदैं जानुपर्छ उनले भने । संविधानमा समान अधिकार, आदिवासीका अधिकारहरु लेखिएको भएपनि आवश्यक कानूनहरु बनाउँदै कार्यान्वयनमा जानुपर्ने बताए ।
संयोगले म नै प्रदेश प्रमुख भएको बेलामा गण्डकी प्रदेशमा गुरुङ, मगरको भाषालाई कामकाजिको भाषाको रुपमा कार्यान्वयनका लागि विधेक पास भई अन्तिम टुंगो पनि लागिसकेको बताउँदै आवश्यक जनशक्तिको खाँचोलाई कसरी पूरा गर्ने त्यसतर्फ ध्यान दिन जरुरी भएको बताए ।
जहाँ विभेद कायमै छ । जहाँ उीत्पडन छ । सरोकार राख्ने समुदायको दबाब जरुरी हुन्छ । अहिले भएका उपलव्धिहरुको लागि आदिवासी जनाजातिहरुको भूमिका उल्लेखनिय रहेको नजिकबाट हेरेकोले बिचारका हिसाबले जुन पार्टीमा रहेपनि हो मा हो मिलाउन नहुनेतर्फ संकेत गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा नेपाल मगर संघका महासचिव शुरेन्द्र थापा मगरले विश्व आदिवासी जनजाति दिवसको ऐतिहासिक पक्ष तथा वर्तमानकाे अवस्था र गर्नुपर्ने कर्तव्यका बारेमा सहजिकरण गरे ।
विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ । संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन सन् १९८२ को अगस्ट ९ को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।
अधिवक्ता थापा मगरले अब आदिवासीहरु रमाईलो, राजनीति र मनोरञ्जन अनि खानपानमा मात्रै सिमित हुनुहुन्न भने। बानिमा परिर्वतन गर्नैपर्छ । हो आदिवासिहरु मौलिक, कला, संस्कार, संस्कृति र सभ्यताका परिचायक हुन् । तर यतातिर लाग्दाखेरि शासकहरुले गर्ने विभेदबाट चनाखो बन्नैपर्छ । उनीहरुले कहिल्यै अधिकारहरु प्रत्यायोजन गर्दैनन् । त्यसैले सचेत बन्नुपर्छ ।
अचेल आदिवासी कै यस्तै कर्याक्रममा कुनै नेता आए भने च्याट्ट परेको उनको फोटो, टिभिमा दृश्य आईहाल्छ । तर कार्यक्रम के मुद्धामा केन्द्रित थियो भन्ने कुरा गौण बनाईएको हुन्छ । र अर्को कुरा आदिवासीहरुलाई हेर्ने दृश्टिकोणमा पनि परिवर्तन् हुन जरुरी हुन्छ । खै संचार क्षेत्रमा आदिवासीका मुद्धाहरु उर्ठाइएका ? त्यसैले हामी आदिवासी पनि कानूनले के भनेको छ । कानून के कति अपूरो लागेको छ र के कति अधिकारबाट बञ्चित हुनु परेको हाे यस्का बारेमा निरन्तर संघर्ष र दबाब दिएर अगाडी बढन् आवश्यक भएको बताए । हरेक जनजातिहरु कुनै न कुनै पार्टीमा संलग्न छन् । पार्टीमा बस्नुस् तर बैचारिक र मुद्धामा स्पष्ट हुनुस् थापाले भने ।
आफ्नो भाषा, संस्कार, संस्कृति, परम्परा, अलिखित शासन पद्धति र नियमहरुको संरक्षण् गर्नुपर्छ । अहिले राज्य व्यवस्था हाम्रै पुर्खाले चलन चलाउदै आएको व्यवस्थामा आधारित छ । पुर्खाकै पालामा संघियताको, सामुहिकता, समावेसिता र आर्थिक उन्नतिको बाटो अवम्बन गरेको हो नि । अब बन्ने कुनै पनि संरचना तत्स्थानमै माग गर्नुपर्छ नत्र कुनै अर्थ र पुहँचको हुँदैन ।
सगरमाथाका जनताका लागि राजविराजमा अस्पताल बनाएर भएन सगरमाथामै हुनुपर्यो । राजविराजकालाई पहाडी, हिमाली क्षेत्रमा हुनु भएन जाे उनीहरुकै थातथलाेमा हुनुपर्यो । उनले भने, फरक वातावरण र परिवेशका मानिसहरु फरक ठाउँमा गए बाँच्न सक्दैनन् उनीहरुलाई उनीहरुकै रैथाने जल, जमिन र जंगलको सेरोफेरोमै रहन दिनुपर्छ।
तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले अगष्ट ९ तारिखको दिन रमाईलोको दिन नभई अधिकार प्राप्तिको बलियो आधारको दिनको रुपमा रहेको बताए । हामीले यो दिनलाई अधिकारमुखि र अधिकारसंग जोडेर मनाउँदै समावेसि लोकतन्त्र, आन्दोलन र गरेको वलिदानका लागि राज्यलाई होसियार गरिरहनुपर्ने बताए ।
संविधानमा पूर्ण रुपमा समानुपातिक, समावेसिताको ग्यारेन्टि हुनुपर्छ भनेका छौं । समतामूलक समाजको परिकल्पना गरेका छौं । विभेदमुक्त समाज, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा अब्बल सहभागिता खोजेकोले दिवसको दिनमा मात्रै नभई जहिले पनि अडिग र एकतामा रहेर अगाडी बढ्नु पर्ने अध्यक्ष तमुको भनाई थियो ।
उनले गण्डकी प्रदेशमा गुरुङ भाषा र मगर भाषलाई कामकाजिको भाषामा प्रयोगमा ल्याउन प्रदेश सरकार तथा अन्तिम टुंगो लगाउने प्रदेशसभा प्रमुख कृष्णप्रसाद धिताललाई आभार व्यक्त गरे ।
हाम्राे आफ्नै भूमि छ । जल, जमिन र जंगल पनि छ । हामी रैथाने रुपमै रहन चाहन्छौ यसमाट कसैले रोक्न मिल्दैन । अब गण्डकीमा गुरुङ मगरको मात्रै होईन सबै भाषाभाषिलाई कामकाजि भाषाका रुपमा विकास गर्न राज्य पक्ष लाग्नुपर्ने माग गरे । उनले भने, हाम्रो थातथलो, रैथाने जीवन, भाषा, सभ्यता, संस्कार, प्रथाजनित सामाजिक व्यवस्थालाई राज्यसत्ताले थिचोमिचो गरेको सह्य हुँदैन।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका गण्डकी उपाध्यक्ष गम बहादुर गुरुङ, महासंघका गण्डकी अध्यक्ष धर्म तमु, बालासिंह काउछा मगर, महासंघ गण्डकीका संस्थापक अध्यक्ष खम बहादुर पुन लगायतले आदिवासी जनजातिका हकाअिधकारका बारेमा बोलेका थिए ।
नेपाल आदिवासी जनाजति महासंघ जिल्ला समन्वय परिषद कास्कीका अध्यक्ष बिजेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रम परिषद कास्कीकी सचिव तथा मगर संघ कास्कीकी सचिव भीम कुमारी पुन मगरले सञ्चालन गरेकी थिईन् ।




























