
नारायण शर्मा, नवलपरासी, २१ साउन । चर्को घाम लागेकाे कारण राजमार्गकाे दल्दले हिलाे सुकेपछि दाउन्नेमा यातायात सञ्चालन भएको छ ।
दुम्कीवासदेखि ३ किलोमिटर पश्चिम विश्वकर्मा मन्दिर नजिकमा रहेको दल्दले हिलो सुकेको र ग्राभेल राखेर सम्याइएकाे कारण बुधवार अपराह्न ५ बजेबाट यातायात सञ्चालन भएको हाे।
बुटवल नारायणगढ सडक योजना अन्तरगत पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालका अनुसार दाउन्नेमा दुई तर्फी नै यातायात सञ्चालन भएको हो ।
तिनदिन देखि रोकिएका मालबहाक र लामा गाडिका कारण दाउन्नेमा गाडिको चाप धेरै भएपनि बिस्तारै गाडि चल्न शुरु भएको रिजालले टेलिफोनमा जानकारी दिए ।
तिन दिनसम्मको वर्षाले बिश्वकर्मा मन्दिर नजिकमा गाडि चढ्न नसकेर दाउन्ने वारपार गर्न घण्टौ लाग्ने गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
























