
पोखरा, २० श्रावण । पोखरा ३ नदीपुरमा रहेकाे कन्याकाे शिक्षामा समर्पित कन्या क्याम्पस पोखरा र पोखरा १, सिम्पानीमा रहेकाे राष्ट्रिय आविष्कार केन्द्र, पोखरा शाखाबिच सहकार्यबारे एक सम्झौतापत्रमा हस्ताक्षर एको छ ।
क्याम्पसका अनुसार कम्प्यूटर शिक्षामा अध्ययनरत विद्यार्थीहरुलाई लक्षीत गरेर सम्झौतापत्रमा हस्ताक्षार गरिएकाे हाे । सम्झौतापत्रमा क्याम्पस प्रमुख सुरेस कुमार मानन्धर र राष्ट्रिय आविष्कार केन्द्र पोखराका प्रमुख इन्द्र ओलीले हस्ताक्षर गरे ।
क्याम्पसमा अध्ययनरत छात्राहरुलाई विभिन्न प्राविधिक तालिम तथा कार्यशाला आयोजना गर्ने, तालिम पश्चात छात्राहरुलाई रोजगारीका लागि पहल गर्ने, अनुसन्धानात्मक कार्य गर्नेे, केन्द्रको विभिन्न आयोजनाहरुमा क्याम्पसका छात्राहरुलाई प्राथमिकता दिने लगायतका बुँदाहरु सम्झौपत्रमा राखिएकाे छ ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठ, व्यवस्थापन संकायका प्रमुख इन्द्रकमल मानन्धर, राष्ट्रिय आविष्कार केन्द्रका कम्प्यूटर इन्जिनियर तथा कन्या क्याम्पसका पूर्व छात्रा ऐश्वर्या श्रेष्ठ लगायत शिक्षकहरुको उपस्थिति थियो ।
आगामी २ बर्षका लागि गरिएको सम्झौतामा उल्लेख गरिएका कार्यक्रममाथी प्रकाश पार्दै केन्द्रका शाखा प्रमुख इन्द्र ओलीले क्याम्पससँग सहकार्य गर्न पाउनु गर्वको विषय भएकाे बताए ।
आगामी दिनमा तालिम, कार्यशाला, रोजगारी, अनुसन्धानात्मक क्रियाकलाप, इन्टर्नशिप जस्ता कार्यमा सदैव सहयोग गर्न तयार रहेको कुरा बताए। क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले सहकार्यको प्रभावकारीतालाई बिश्लेषण गर्दे यसलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जानकारी गराए ।






















