काठमाडौं, २० साउन । साताकाे शेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेप्सेमा करेक्सन भएकाे छ । साेमबार बढेर बन्द भएकाे शेयर बजार याे दिन घटेर बन्द भएको छ। अघिल्लो दिनकाे तुलनामा काराेबार रकममा पनि किम भएकाे छ ।

नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ६.५१ अंकले घटेको छ । फ्लोट इण्डेक्स २.७७ अंकले तथा सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अंकले घटेको नेप्सेले जनाएकाे छ।

अघिल्लाे दिन सोमबार ११ अर्ब नजिकको कारोबार भएकोमा आज काराेबार घटेकाे छ । ३२५ कम्पनीहरुकाे १ लाख ३० हजार ९५३ पटकको कारोबार भएकाे छ भने ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँबराबरको २ करोड २२ लाख ७ हजार कित्ता शेयर किनबेच भएकाे छ।

समाज लघुवित्त वित्तीय संस्था र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेकाे छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ४ प्रतिशतले बढेकाे छ। थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले घटेको छ।

कारोबार भएकाे रकमकाे आधारमा हिमालयन रि इन्स्योरेन्स अगाडी रहेको छ। कम्पनीको ३९ करोड २८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। ट्रेड टावरको ३७ करोड रुपैयाँ बढीको र शिवम् सिमेन्ट्सको कारोबार रकम ३३ करोड रुपैयाँ बराबरकाे भएकाे छ।

१३ उपसमूहहरुमध्ये २ उपसमूहमा हरियाे लागेकाे छ । बाँकी ११ वटामा राताे लागेकाे छ । लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक थाेरै बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0