
नारायण शर्मा, नवलपरासी, १९ साउन । महेन्द्रराजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकको ११४ किलोमिटर खण्ड मध्ये एक सय किलोमिटर कालोपत्रे भएको छ । कहीँ दुबै तर्फ र कहीँ कहीँ एकतर्फी कालोपत्रेको काम सकिएको छ ।
बुटवल नारायणगढ सडक योजनाले दिएको जानकारी अनुसार कूल सडक मध्ये दाउन्नेमा साढे २ किलोमिटर सडक ढलान ( कंक्रिट) गरिएको छ । दाउन्नेको बर्दघाट नजिकतर्फ करिब ३ किलोमटिर सडक कालोपत्रे भएको छ ।
दुम्कीवास बर्दघाटको बिचमा पर्ने १४ किलोमिटर सडक खण्ड दाउन्ने पर्दछ । त्यहाँ फटाफट काम नगरेका कारण अहिलेपनि मोटरसाइकलमा हिड्ने यात्रुको बिजोग अबस्था छ । घोडाहामा कालोपत्रे भएको छैन । दाउन्ने सडकको साढे ८ किलोमिटर सडक कालोपत्रे हुन सकेको छैन ।
दाउन्नेमा राजमार्ग तिन लेनको निर्माण भैरहेको हो । दाउन्ने सडक १३ मिटर फराकिलो छ । मुख्य बजार क्षेत्रमा ६ लेन, सामान्य बस्तीमा ४ लेन र दाउन्नेमा ३ लेनको राजमार्ग निर्माण भैरहेको छ । महेन्द्रराजमार्ग अन्तरगत पूर्वी पश्चिम नवलपरासी र रुपन्देहिका १७ वटा ठुला पुल निर्माणाधिन अबस्थामा छन । पुल निर्माणको काम कछुवा गतिमा छ । अरुणखोला, चोरमारा पुल जिर्ण छन्। त्यहाँ रहेका फलामेपुल भाच्चिने त्रासले पुको मुखमा प्रहरी राखेर पालैपालो मालबहाक गाडि वारपार गराउदै आएको छ ।
सडक आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले आउदो दशै अगाडि दाउन्ने सडक कालोपत्रे र ढलान गरिसक्ने दावी गरे । अहिले वर्षादमा पनि दाउन्नेमा साढे २ किलोमिटर सडक ढलान सकिएको छ । चाडै र सरासर थप ३ किलोमिटर सडक ढलान गर्ने लक्ष्य रहेको छ ।
सडक निर्मँणको काम गरिरहेको चिनिया ठेकेदार कम्पनीले दाउन्नेमा कालोपत्रे गर्न बांकि रहेको साढे ८ किलोमिटर सडक ढालन गर्न प्रस्ताव गरेको र त्यसमा संवाद चलिरहेको ढकालले सुनाए । ढलान सडक कालोपत्रे भन्दा ६ गुणा बढि टिकाउ हुन्छ ढकालले भने निमार्ण लागत भने साढे २ गुणा महंगो पर्दछ । महंगो परेपनि टिकाउपनका लागि कंक्रिट सडक ( ढलान) निर्माण गर्ने बारेमा मन्त्रालयमा बिषेशज्ञ तहमा छलफल र बिश्लेषण भैरहेको ढकालले जानकारी दिए ।
साउन दोश्रो साता सम्म बुटवल नारायणगढ सडकको भाैतिक प्रगति ७० प्रतिसत रहेको सडक योजना कार्यालयले सोमवार जानकारी दिएको नवलपरासीबाट पत्रकार नारायण शर्माले बताए।























