
पोखरा, १७ साउन । नेपालको पहिलो, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४ छिनेडाँडाँमा इएमबीएमा अध्ययनरत विद्यार्थीका लागि उत्प्रेरणाको कार्यक्रम आयोजना गरिएकाे छ । ‘ट्रान्सफरमेस्नल टेक्नोलोजिज अफ लाईफ परफरमेन्स’ विषयक उत्प्रेरणाको कार्यक्रममा अन्तराष्ट्रिय कोच नर बहादुर कार्किले सहजिकरण गरेका थिए ।
कुनै पनि विषयमा स्नातक गरेको दुई वर्ष पूरा भएका वा त्यो भन्दा बढी वर्षका विभिन्न क्षेत्रमा सेवा गरिरहेका विद्यार्थीहरुको लागि कलेजले गैह्रापाटन स्थित कलेजको बी ब्लकमा साँझमा कक्षा संचालन गरिरहेको छ ।
पोखरा विश्वविद्यालयमा अनुबन्धित कलेज एनटिएचएमसि कलेज गण्डकीमा इएमबीएको अध्यापन गराउने पहिलो कलेज हो ।
दूरदर्शि संचालकहरुको त्यो सोंचलाई स्यालुट गर्नुपर्छ । १९९८ मा नेपालमा पर्यटनको संभावना छ । यससम्बन्धि पढाईको व्यवस्था पोखरामा गर्न सकिन्छ भनेर स्थापना गरी अध्यापन गराएको पनि २५ वर्ष भईसकेछ । लाईफ कोच कार्किले भने, तपाँईहरु सौभाग्यशाली हो माैका जुरेकाे छ र अध्ययन गर्न पाउनु भएको छ । उनले जोसाउदै भने, ‘लौत सबैले सबैलाई, आफैंले आफैंलाई सम्मानपूर्वक तालि बजाउनुस् ।’
कार्किले लगनशिलता, सुसंस्कार र सुव्यवस्थापकिय क्षमताले मानिसलाई सफलता प्राप्त हुने बताए । उनले खुलाबजारमुखि अर्थतन्त्र भएको मुलुकमा तपाँईहरुले आफुलाई व्यवस्थापनको उच्च मूल्यांकनको दायरामा राख्नुपर्छ । समय, समयको माग अनि बजारलाई निक्र्योल गरेर अगाडी बढ्नुपर्छ, उत्प्रेरक कार्किले भने ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले यो कार्यक्रम गर्नुको कारण एउटा त फेलोसिप नै हौ । कलेज अहिले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित भईसकेको छ । अब लाेकल, रिजनल, नेशनल र इन्टरनेशनल कनेक्सन गराउनु हो । हामीले छिट्टै इन्टरनेशनल कोचहरुलाई ल्याएर ५ दिनको कार्यक्रम पनि गर्न लागेका छौं उनले भने।
पोखरामा बृहत रुपमा पहिलो पटक गर्न लागेको कार्यक्रमको उदेश्य आफुलाई ब्राण्डिङ गर्नु रहेको र त्यो ब्राण्डिङलाई कसरी ट्रान्सफरमेस गर्ने भन्ने रहेको छ । उनले पोखरामा भएका कर्पोरेट हाउसहरु, बैंक तथा बित्तिय संस्थामा सेवा गरिरहेका म्यानेजर, उद्यमीहरु वा अन्यलाई अध्यनकासाथै तालिममा सहभागि हुन आग्रह गरे ।
यसअघि कलेजका अध्यक्ष अशोक पालिखेले सहभागिलाइ स्वागत गर्दै कार्यक्रमले एकअर्कामा परिचित हुन पाउने, फरक फरक क्षेत्रका अनुभवहरु सिक्न पाउने र ति अनुभवकर्ताहरुलाई अझैं अब्बल बनाएर सफलताको उचाईमा पुर्याउन दिनभरी काम गरेर साँझको समयमा इएमबीएको पढाईको सुविधा रहेकाे बताए ।
यो कार्यक्रमका लागि पियूले राम्रो काम गरेको छ । हामीलाई बेला बेलामा दिईरहेको उत्साहले हौसला मिलेको छ । पालिखेले भने, हामी पियुको नजरमा परिरहनु, विद्यार्थीहरु डिन लिस्टमा परिरहनुको कारण कलेज र विद्यार्थीको परफरमेन्स नै भएको बताए । उनले इएमबीएको पहिलो व्याचकी करिष्मा खत्रीले पहिलो सेमेस्टरमा नेपाल टप गरेकोमा वधाई दिदैं एनटिएचएमसिलाई खुसी र गौरव बढाएको बताए ।
सो अवसरमा अध्यक्ष पालिखेले कलेजका कमजोरिहरु भएमा वा आफुलाई मनमा लागेका कुराहरु भएमा निर्धक्कले बोर्ड तथा प्रिन्सिपल प्रकाश रेग्मी, विभिन्न फेकल्टि प्रमुखहरुलाई भन्न आग्रह गरे ।
पोखरा विश्वविद्यालयका डिन डाक्टर दयाराज ढकालले पियु अन्तरगत अनुबन्ध यस कलेजको कार्यबाट हामी खुसी भएकेा बताए । देशभरकै कलेजहरुलाई हामीले एक पटक एनटिएचएमसिलाई हेरेर, बुझेर सो अनुसार काम गर्न सुझाउने गरेका छौं । यसले गर्दा पियुको ईमेज पनि बढेको छ । यो कोर्ष तपाँईहरु जस्तैका लागि ल्याईएको हो, ढकालले भने, ‘विविध कारणले अध्ययनबाट बन्चित भएकाहरुको लागि दिनभरी काम गरेर साँझको समयलाई अनुकल हुने सुविधा दिईएको हो ।’ धेरै समस्याहरुको निवारण अब इएमबीएको अध्ययनपछि समाधान हुने उनले विशवास व्यक्त गरे । सो अवसरमा उनले खुल्ला अर्थबजार भएको देशमा बजारमा प्रतिष्पर्धा पनि कडा नै हुने भएकोले खराे रुपमा प्रतिष्पर्धा गरेर, बजारलाई बुझेर त्यसको सहि व्यवस्थापनको जिम्मेवारी बहन गर्ने विद्यार्थी बन्ने उनको अपेक्षा थियो ।
कुलमान घिसिङलाई सबैले चिनेकै छौं । उनले पनि पियुमा इएमबीए पढेका हुन् । जस्को विद्युत प्राधिकरणमा व्यवस्थापकिय परफरमेन्सबाट हामी सबै परिचित नै छौं । हामीले चाहेका छौंं कि तपाँईहरु राम्रा लिडरको रुपमा आउनु हुनेछ । प्रिन्सिपल रेग्मी सर इनर्जेटिक हुनुहुन्छ । उहाँकाे नेतृत्व पाउनु पनि तपाँईहरुको लागि सुअवसर हो । नयाँनयाँ कामहरु गर्न चाहने, समयको माग र प्रविविधिसंगका कार्यहरुसंगै हर कुरामा उत्कृष्टताको लक्ष्य लिनु भएको पाउँछौं यो पियु, एनटिएचएमसि र उहाँकै लागि पनि महत्वपूर्ण पक्ष हो । त्यसैले म भन्छु यो कलेज सुरक्षित पढाईएको उत्तम थालो हो ।
कार्यक्रममा पियुकै एक्जाम कन्ट्रोलर डाक्टर राजु पाण्डेले इएमबीए सधैं नयाँ भईरहने विषय भएको बताए । यो लागू भएको २६ वर्ष भईसकेपनि २६ वर्षपछि सम्म पनि नयाँ नै हने र भइरहने बताए । अहिले दिनभरी काम सकेर छुट्टि भएपछि साँझमा पढ्न पाईने मौका तपाँहरुलाई मिलेको छ ।
तपाँईहरुले विविध कारणले अध्ययन गर्न नपाएको, हुन नसकेको उचित व्यवस्थापन वा पदोन्नतिका लागि ति दिनहरु छिट्टै आउने र तपाँईहरु लक्ष्यमा पुग्ने विश्वास व्यक्त गरे । तर उनले कक्षामा ८० प्रतिशत बढीको उपस्थिति हुनैपर्ने र कलेजले गर्ने मूल्यांकनलाई स्वीकार गर्नुपर्ने बताए । उनले भने, अब तपाँईहरुले क्रिटिकल थिङ्कीङको बाटोलाई अबलम्बन गर्नुपर्छ । एउटा ब्राण्डिङ भईसकेको राम्रो कलेजमा इएमबीएको अध्ययनको लागि आउनु भएको छ तपाँईहरुलाई स्वागत र सफलताको कामना गर्दछु, पाण्डेले भने ।
सो अवसरमा बैंक, वित्तिय संस्था, इन्स्योरेन्स, स्वास्थ्य क्षेत्रमा काम गरिरहेका इएमबीए अध्ययन गर्न आएकी पहिलो सेमेस्टरमा नेपाल टपर हुन सफल करिस्मा खत्री, इन्जिनियर सुजन आचार्य, विष्णु मितिल्सिना, सूर्य बहादुर केसी, मोनिका थापा, देवीलाल भारती, विजय भण्डारी, किस्मतजंग कार्कि, दिनेश भण्डारी लगायतले आफ्नो अनुभन सुनाएका थिए ।

























