काठमाडौं, १७ साउन । नेपाली फिल्म उद्योगका चर्चित निर्देशक तथा हास्य कलाकार दिवाकर भण्डारीलाई “आदर्श नेसनल अवार्ड सीजन २” को निर्णायक संयोजक नियुक्त गरिएको छ।

विगतका वर्षमा उत्कृष्ट निर्देशकको अवार्डबाट सम्मानित भएका भण्डारी नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो निर्देशनकला र हास्य अभिनयमार्फत पहिचान बनाउन सफल भएका छन्।

विशेषगरी “मेरी बास्सै” सिरियलका निर्देशक र कलाकारको रूपमा लोकप्रियता कमाएका उनले यसपटक निर्णायक मण्डलको संयोजन गर्ने जिम्मेवारी पाएका छन्।

कार्यक्रम आयोजक समितिका अनुसार भण्डारीको अनुभव, समझदारी र निष्पक्ष मूल्यांकन क्षमताको आधारमा उनलाई यो जिम्मेवारी दिइएको हो। आगामी महिनामा आयोजना हुने यस अवार्ड समारोहमा विभिन्न विधामा उत्कृष्ट कलाकार, निर्देशक तथा प्रविधिकलाई सम्मान गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0