काठमाडौं, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीमा रहेर देश र जनताको सेवा गर्ने संकल्प गरेर आएकाे बताएकी छन् । पार्टी उपाध्यकाे नाम उल्लेख भएकाे २ पेज विज्ञप्ती वाचन गर्दै उनले आफूलाई पार्टीमा आउन कसैले रोक्न नसक्ने बताइन्। राजनीतिमा सक्रिय कहुने कुरा अनौठो र आश्चर्य मान्नुपर्ने विषय नरहेको बताइन्।

मैले सफलतापूर्वक दुइ कार्यकाल राष्ट्रपतिको जिम्मेवारीमा रहेर पूरा गरे । शुक्रवार काठमाडौंमा आफैले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले आफू राजनीतिक व्यक्ति भएकाले राजनीतिमा पुनः सक्रिय भएर रहने कुरा नौलो कुरा नभएको जिकिर गरिन् । उनले अब बाँकी जीवन देश र जनताको सेवामा लगाउने निर्णयमा गरेकाे बताइन्।

म पदकाे लालसामा छैन । कुनै महत्वकाङ्क्षा र आशक्ति नरहेको बताउँदै पार्टीको सदस्य रहेर पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने उदेश्य रहेकाे बताइन्। साे अवसरमा उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेकाे जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई आत्मसात गरेको सुनाइन्। उनले साेहि बिचारकाे मेल नखानेगरी पार्टी सदस्य रहनबाट राेक लगाउनु पर्ने कुनै कारण नभएकाे बताइन्।

जसले जे मन लाग्याे गर्दिने कार्य स्वीकार्य नभएकाे बताउँदै पूर्वराष्ट्रपति भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका कुनैपनि निर्णयले सत्य, यथार्थ र वास्तविकतालाई ढाकछाेप गर्न नसकिने बताइन्।

नेकपा एमालेले भण्डारीको पार्टी सदस्यता खारेज गरेको बताएपछि शुक्रबार पत्रकार सम्मेलन गरेर भण्डारीले जस्लाइ जतिबेला जे मन लाग्याे त्याे गर्न मिल्दैन । म एमालेमै छु र एमालेमै रहने बताइन्। उनले भनिन्, पार्टीको निर्णय उत्तेजना र आवेग भएकाे र त्याे परिपक्व नभएकाे बताइन्।

प्रेस विज्ञप्तीकाे पूर्णपाठ छ

विद्यादेवी भण्डारी
पूर्व उपाध्यक्ष, नेकपा (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0