टोकियो, ७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्नुहुने बुधबार रिपोर्टहरूले जनाएका छन् । प्रधानमन्त्री शिगेरु इशिबाको पछिल्लो चुनावी पराजयले उहाँको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ ।

रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका–जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय व्यक्त गर्नुभएको छ । आइतबारको माथिल्लो सदनको चुनाव इशिबाको केन्द्र–दक्षिणपन्थी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का लागि विनाशकारी थियो । एलडिपीले सन् १९५५ देखि लगभग लगातार शासन गर्दै आएको छ ।

मुद्रास्फीतिबाट रिसाएका मतदाताहरूले अन्य पार्टीहरू विशेष गरी ‘जापानी फर्स्ट’ सान्सितो पार्टीलाई समर्थन गरेका छन् । सान्सितोको ‘विश्वव्यापीकरण विरोधी’ अभियानले अन्यत्रका लोकप्रिय आन्दोलनहरूको एजेन्डालाई प्रतिध्वनि गर्दछ । इशिबाले अगस्टको अन्त्यसम्ममा शीर्ष पद खाली गर्ने योजना बनाएको मैनिची दैनिकले जनाएको छ । योमियुरी अखबारले उहाँले जुलाईमा आफ्नो राजीनामा घोषणा गर्ने तर कहिले पद छोड्ने भन्ने विवरण दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0