
पोखरा, २८ असार । रेडियो अन्नपूर्ण ९३.४ मेर्गाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे ।
कविता वाचन गर्ने कविहरुमा संयोग बस्यालले बाचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि शुरेस रानाभाटले माटोको वासना तथा लालुपाते शिर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, संजिव पौडेलले विज्ञप्ती मुर्दावाद र जानेहरु, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाईन् ।
कवि रुपिन्द्र प्रभावि जोशीले प्रतिबिम्ब र सास्ति कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजि ढलेपछि शिर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरुले सम्झनामा भानुभक्त र सुखको खोजिमा, डा.जगन्नाथ रेग्मीले म मुर्ख र मदियम नगरम अर्थात मेरो नगर शिर्षकको कविता वाचन गरे ।
प्रमसख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए । विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियो कविताको देश कार्यक्रम संचालन गरेको र कविताका विविधहरुको स्मरण गरे । उनले भने २०५८ सालमा कविताको देश कार्यक्रम सुरु गर्दा मैले भूपि शेरचनको कविताबाट सुरु गरेको बताए ।
सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशिल बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशिलताले खेलनमा नयाँ नयाँ कविताहरु लेख्न हुटहुटि जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरु यसबाट टाढा रहेको बताए । कर्याक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्किले हाम्र्रा पूर्वजहरुमै उद्यमशिलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरुबाट प्रस्त भएको बताए ।
उनले साहित्यले उद्यमशिलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्विकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ति छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए ।
अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए । भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए । वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।
कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायालको चीनो प्रदान गरे । सो अवसरमा पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन ।
संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने बताए । यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरला लामिछाने ‘सरू’ले स्वागत गरेकी थिईन् भने संचालन कञ्चन थापाले गरेकी थिईन् ।



























