
पोखरा, २२ असार । क्षत्री समाज नेपाल, वडा नं १७ कास्कीको २९ औं वार्षिकउत्सव तथा ८ औं अधिवेश सम्पन्न भएको छ । अधिवेशबाट अध्यक्षमा खम बहादुर के.सी.चयन भएका छन् । उपाध्यक्षमा भिम बहादुर खत्री, सचिवमा अञ्जु थापा क्षत्री, कोषाध्यक्षमा गीता कुमारी के.सी. चयन भएकी छन् ।
सदस्यहरुमा मीना कुमारी कार्कि, मैया पोखरेल क्षत्री खड्का, पविता क्षत्री के.सी. क्षत्री, स्यामला थापा, हर्क बहादुर भण्डारी क्षत्री, सीता अर्याल पोखरेल, अस्मिना गौतम क्षत्री, रीता रोक्का र विन्दु कुमारी क्षत्री रहेका छन् ।
क्षत्री महिला समाजकाे अध्यक्षमा गंगा के.सी
यस्तै, अधिवेशाले क्षत्री महिला समाजको नेतृत्व पनि चयन गरेको छ । अध्यक्षमा गंगा के.सी., उपाध्यक्षमा वीमला क्षत्री, सचिवमा लक्ष्मी तिमिल्सिना खड्का, कोषाध्यक्षमा मन कुमारी क्षत्री चयन भएकी छन् । सदस्यहरुमा ख्याम कुमारी कार्की, रमना कार्की र वीमला थापा रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि क्षत्री समाज नेपालका केन्द्रीय सचिव हिमाल खड्का रहेका थिए । सो अवसरमा उनले आफ्नो जातिको हकहितका लागि सबै एक भएर अगाडी बढ्नु पर्नेमा जोड दिए । साथै समितिका चयन भएका सबैलाई कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा विशेष अतिथि केन्द्रीय लेखा समिति सदस्य कमल रेग्मी, केन्द्रीय सल्लाहकार कर्णेल कृष्ण बहादुर खत्री, अतिथि प्रदेश सदस्य गणेश बहादुर खत्री, कास्की जिल्ला अध्यक्ष दिल बहादुर अधिकारी, उपाध्यक्ष अर्चना बस्नेत, महानगर अध्यक्ष कृष्ण थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम वेद बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।























