पाेखरा, २२ असार । गण्डकी अटो मेकानिक्स वर्कस् एशोसियसनले सदस्य वर्कसप संचालक र मेकानिक्स मजदुरका लागी वर्कसप छलफल सुरु गरेको छ ।

२०४९ साल देखि पोखरामा सुरु गरीएको एशोसिएसनले मेकानिक्सको क्षमता र दक्षता अभिवृद्धिसहित विविध रचनात्मक सामाजिक कार्यहरु गर्दै आएको अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । पोखरामा संचालित ठूला र साना ४ पाङ्गग्रे साधनको मर्मतमा कार्यरत मजदुरलाई कामकाे जिम्मेवारी महसुस सङ्गै, सवारी साधनको वास्तविक पहिचान, मर्मतका लागी जिम्मेवारी बनाउन कार्यक्रम गरीएको पूर्व अध्यक्ष एंव नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले बताए ।

प्रमुख वक्ता एशोशिएसनका प्रेस सल्लाहाकार कृष्ण बहादुर थापाले वर्कसप संचालन, जिम्मेवारीसहितको सेवा, मेकानिक्सहरुले गर्नुपर्ने काम, सेवाको बारेमा बताउँदै मजदुर सधै सफा ऐनाको रुपमा हुनुपर्ने र सबै मजदुरको सुरक्षा एशोसिएसनले गर्नुपर्ने बताए ।

भूषन अटो पार्टस् वर्कसप नयाँबजारमा भएको कार्यक्रममा संचालक भूषन शाहले एशोसियसनबाट भएको कार्यक्रमले संचालक र मजदुरलाई उर्जासहित जिम्मेवार बनाएको बताए ।

कार्यक्रममा एशोसियसनका सचिव सन्तोष कुर्मी, कोषाध्यक्ष निहाल अन्सारी, उपसमिति संयोजक वसन्त थापाले अनुभव बताएका थिए । एशोसिएसनका सदस्यहरुको सेवाका कामसहित सुख दु:खकाे साथीको रुपमा कार्यक्रमहरुलाई निरन्तरता दिइने भएकाे छ । संस्थामा हाल ३०० जना बढी सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0