काठमाडौं, ९ असार । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेकाे छ ।चाँदीकाे भाउ भने बढेकाे छ। यसदिन सुन आईतबारकै भाउमा कारोबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएकाे छ ।

यसदिन चाँदीको भाउ ताेलामा रुपैयाँ १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0