
काठमाडौं, २७ जेठ । साताकाे शेयर काराेबार हुने तेश्नाे दिन नेप्सेमा हरियाली छाएकाे छ । नेप्सेमा छाएकाे हरियालीले लगानीकर्ताहरुमा उत्साह थपिएकाे छ । साेमबार पनि नेप्से उकालाे लागेकाे थियाे ।
नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ५.०५ अंकले बढेको छ । जसकाे फ्लोट इण्डेक्स १.६८ अंकले बढ्दा सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंकले बढेको नेप्सेले जनाएकाे छ।
अघिल्लाे दिनकाे भन्दा यसदिन कारोबार रकममा पनि बृद्धि भएकाे छ। सोमबार ८ अर्ब ६८ करोडको काराेबार भएकाे थियाे भने ३११ स्टकको ८१ हजार ७३८ पटकको कारोबारबाट आज १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
दुई कम्पनीकाे शेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ। पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेर काराेबार भएको हो। समृद्धि फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतले बढेको छ । जानकी फाइनान्सकाे शेयरमूल्य ७ प्रतिशतले बढेकाे छ। रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ।
कारोबारकाे आधारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयर काराेबार भएकाे छ ।कम्पनीको ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ।
अरुण काबेली पावरको ५३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । राधी विद्युत कम्पनीको साढे ४६ करोडको शेयर खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार १३ वटै उपसमूहहरुमा हरियाली छाएकाे छ । उनीहरुमा वित्त उपसमूहको परिसूचक धेरै ५.१२ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी धेरैले बढेकाे छ।























