
पाेखरा, २६ जेठ । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (KUSOM), फाइनान्स क्लबले ८ जुन, २०२५ मा पोखरा विश्वविद्यालयमा आयोजना गरेकाे प्रादेशिक स्तरको स्टक पिचिङ प्रतियोगितामा विजयी भएका छन् ।
प्रतियोगितामा विभिन्न ८ वटा कलेजका ८ टोलीले भाग लिएका थिए । NTHMC का व्यवसाय व्यवस्थापनका विद्यार्थीहरू मोनिका लालचन BBA ८ औं सेमेस्टर, दुर्गा नेपाल BBA ७ औं सेमेस्टर, गोपाल मश्राइंगी BBA-BI ८ औं सेमेस्टर र सुजन लामिछाने BBA-BI ८ औं सेमेस्टरले प्रतियोगिता जितेका हुन् ।
कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै अन्तिम प्रतिस्पर्धाको लागि शुभकामना व्यक्त गरे । उनले सिकाइ कहिल्यै समाप्त नहुने र आजको संसारमा पाठ्यक्रd, पुस्तकहरूसँगै फराकिलो बहुआयामीक ज्ञान हुनु आवश्यक भएकाे बताए । उनले विद्यार्थीहरूले राष्ट्रिय तथा विश्वव्यापी रूपमा आयोजना हुने कुनै पनि प्रकारका समसामयिक कार्यक्रमहरूमा प्रतिस्पर्धा गर्न र भाग लिन साहस गर्न हाैसला दिए ।
जुन महिनाकाे अन्त्यमा अन्तिम राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएकाे छ । साे अवसरमा सबै प्रदेशका विजेताहरूले काठमाडौँमा प्रतिस्पर्धा गर्नेछन्।
कलेजले प्रतियोगिताको लागि विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने मन्दिप पुरीलाई आभार व्यक्त गरेकाे छ ।

























