पोखरा, २६ जेठ। पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सोमबार अतिरिक्त क्रियाकलाप अन्तर्गत आधारभूत तह (६-८) र माध्यमिक तह (९ र १०) को नेपाली वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

आधारभूत तह इन्चार्ज सजनी माजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको आधारभूत तहको वक्तृत्वकलामा  कक्षा ७ (ख) का आदित्य खत्री प्रथम, कक्षा ७ (ग) की  संस्कृति गैह्रे द्वितीय,  कक्षा ७(क) की आयुषा लामा तृतीय र कक्षा ६ (ग) की रविना महतरा सान्त्वना भएका छन् ।

शिक्षकहरू सुरेन्द्र सदिच्छा र सुस्मा आमात्य निर्णायक रहेको कार्यक्रम शिक्षक श्रवणकुमार तिमिल्सिनाको प्राविधिक सहयोग र शिक्षक भुवन गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै  गणित विषय शिक्षक मन बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भएको  माध्यमिक तह अन्तर्गतको प्रतियोगितामा कक्षा ९ (क) की आभना सिंह विश्वकर्मा प्रथम, कक्षा १० ( ग) का प्रतीक  पौडेल द्वितीय, कक्षा १० (ख) का सक्षम गैह्रे तृतीय  र कक्षा ९ (ग) की दिव्या आचार्यले सान्त्वना स्थान हाँसिल गरेका थिए ।

शिक्षकहरू दिपक के.सी. र  इन्द्रप्रसाद सुवेदी निर्णायक रहेको कार्यक्रम शिक्षक  उमा पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो भने शिक्षक आशिष गुरुङको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र र विभिन्न साहित्यिक कृतिहरू पुरस्कार स्वरूप प्रदान गरिएको कुरा अतिरिक्त क्रियाकलाप इन्चार्ज शिक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0