Home main with pic तरलता बढेकाे कारण रुपैयाँ २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

तरलता बढेकाे कारण रुपैयाँ २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

तरलता बढेकाे कारण रुपैयाँ  २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं, २५ जेठ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज रुपैयाँ २० अर्ब निक्षेप खिच्न लागेकाे छ। बैंकले बोलकबोलमार्फत २० अर्ब निक्षेप खिच्न लागेको जनाएकाे हाे ।

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता रहेकाे छ । चालु आर्थिक वर्ष २०८१/८२ काे सुरुबाटै बैंकले तरलता खिचिरहेकाे छ । बैंकका अनुसार हाल कुल निक्षेप ६९ खर्ब ४५ अर्ब बढी भएकाे छ ।

निक्षेप रकम लगातार बढेकोले अनलाइन प्रणालीबाट बोलकबोल गरिदैछ । यसकाे ब्याजदर बोलकबोलको माध्यमबाटै हुने भएकाे छ ।

आज बोलकबोल हुन लागेकाे रकमकाे सावाँ र ब्याज २०८२ साउन ४ गते भुक्तानी हुनेछ । यसमा बोल गर्न सकिने रकम घटीमा १० करोड रहेकाे छ भने बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने कुल आह्वान रकमका लागि मान्य हुनेछ ।

राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने बैंकले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here