
पोखरा, १६ असोज । TVS मोटरसाइकल तथा स्कुटरको पोखरा क्षेत्रका लागि आधिकारिक डिलर स्क्वायर मोटर्स प्रा.लि.ले नेपालीहरुको महान् चाड बडादशैँ, तिहार तथा छठ पर्वको अवसरमा विशेष दशैँ योजना सार्वजनिक गरेको छ।
शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा स्क्वायर मोटर्स प्रा.लि.का अध्यक्ष आदर्शमान श्रेष्ठले दिएको जानकारी अनुसार, ग्राहकहरुलाई थप सहजता र उत्सवमय वातावरण प्रदान गर्न आगामी असोज १८ गते आइतबारदेखि असोज २६ गते सोमबार (अक्टोबर ४ देखि अक्टोबर १२) सम्म पोखराको अमरसिंह चौरमा भव्य “Dashain Mega Exchange Event” आयोजन गर्न लागिएको हो।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले दशैँ योजनाका मुख्य आकर्षणहरू सार्वजनिक गर्दै TVS का मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकले १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने बताए। साथै, निश्चित उपहारतर्फ गोल्डेन कि (Golden Key) अथवा १००% क्यास ब्याकको व्यवस्था गरिएको छ।
यसैगरी, जुनसुकै ब्रान्डका पुराना बाइक तथा स्कुटर साट्न चाहने ग्राहकका लागि बजारमै उच्चतम मूल्यांकनको सुविधा उपलब्ध गराइनेछ। नागरिकता र लाइसेन्सको भरमा सहज फाइनान्स, फ्रि एसोसरिज, लक्की ड्रमार्फत प्रत्येक दिन ५ वर्षसम्म फ्रि सर्भिसिङ तथा इलेक्ट्रिकल स्कुटर खरिदमा हप्ताको एक जना भाग्यशाली ग्राहकलाई २.५ ग्रामको सुनको सिक्का (2.5 Gram GOLD COIN) प्रदान गरिने जानकारी समेत दिइएको छ।
इलेक्ट्रिक स्कुटर खरिदकर्ताका लागि TVS iQube Electric को 3.0 Variant र 3.5 Variant का साथै TVS Orbiter Electric Scooter पनि उपलब्ध रहेको र TVS का iQube Electric Scooter को ब्याट्री, मोटर तथा एमसियु सबैमा ५ वर्षसम्मको वारेन्टी दिने नेपालकै एक मात्र कम्पनी रहेको बताइएको छ।
मेला अवधिभर अमरसिंह चौरमा पुगी टेस्ट राइड मात्र गरेमा पनि आकर्षक गिफ्ट प्राप्त गर्न सकिनेछ। TVS ले पोखरा बजारमा Ntorq, Jupiter, Raider, Radeon, Apache सिरिज तथा Ronin 225 CC सम्मका विभिन्न मोडलका सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। स्क्वायर मोटर्सले आफ्ना नयाँ बजार, तालचोक, वाडखोला (स्याङ्जा) स्थित सोरुमहरू तथा पर्सायाङ र नयाँ बजारका वर्कसपहरूमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।






















