नारायण शर्मा, नवलपरासी, १६ असाेज । असोज १८ वाट देशभर वडा अधिबेशनको आब्हान गरेको देउवा कांग्रेसले आगामि १५ औ महाधिबेशनमा संबैधानिक राजतन्त्र र हिन्दु राज्य स्थापनाको माग अघि सार्ने बताएको छ ।

बिहिवार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा देउवा कांग्रेसका जिल्ला संयोजक अशोक वस्ताकोटीले भने हाम्रो वडा अधिबेशनवाट नै राजतन्त्र र हिन्दुराष्ट्रको माग अघि सार्ने छौ । कांग्रेसले बिपि कोइरालाले उठाएको संबैधानिक राजतन्त्र र हिन्दुराष्टको माग छोडन नहुने भन्दै बास्तकोटीले यो दुई वटा इस्युलाई जोडतोडले उठाउने र मंसिरमा हुने केन्द्रिय अधिबेशनवाट पास हुने दावी गरे । यो समग्र नेपालीको माग हो वास्ताकोटीले भने यस्लाई १५ आधिबेशनको मुख्य एजेण्डाका रुपमा पारित गर्ने छौ ।

गत १४ औं महाधिबेशनमा समेत हिन्दु राष्ट्रका पक्षमा कांग्रेसका ६२ प्रतिसत महाधिबेशन प्रतिनिधिले माग गरेको उनले स्मरण गरे । त्यसबेला उठेको मागले अहिले साकार रुप पाउने उनको दावी छ ।

शेरबहादुर देउवा नै कांग्रेसको आधिकारीक सभापति रहेको जिकिर गर्दै वास्ताकोटीले कसैलाई नेता हुन रजहर जागेर गरिएको कुनै अन्य अधिबेशन कांग्रेसको हित बिपरित हुने दावी गरे । असोज १८ देखि शुरु हुने वडा अधिबेशनका वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा देउवा कांग्रेसका जिल्ला संयोजक वास्ताकोटीले उक्त कुरा बताएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0