काठमाडाैं, १३ असाेज । मन्त्रिपरिषद् बैठकले ६ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो।

बैठकले अमेरिकी सरकारबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्नेदेखि विभिन्न महत्वपूर्ण विधेयकहरूलाई सङ्घीय संसद्मा पेस गर्नेसम्मका निर्णय गरेको छ।

बैठकका ६ मुख्य निर्णयहरू:

१. अमेरिकी अनुदान सहयोग स्वीकार: अमेरिकी सरकारबाट नेपालको स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

२. राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति: विकास निर्माणका कार्यलाई अघि बढाउन पूर्वपश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केश्वर–पथलैया सडकखण्ड, गर्जनखोला साना जलविद्युत् आयोजना, बलेफीखोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बल, नेपालका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ।

३. पशु, बधशाला र मासु जाँच ऐन संशोधन विधेयक: पशु, बधशाला र मासु जाँच ऐन–२०५५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिइएको छ।

४. सङ्घीय निजामती सेवा विधेयक संसद्मा पेस गरिने: सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको महत्वपूर्ण विधेयकलाई सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।

५. अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक: अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति दिइएको छ।

६. विशिष्ट श्रेणीका अधिकृतको बढुवा तथा पदस्थापन: नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा सहसचिव आवास श्रेष्ठ कर्णलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ। त्यसैगरी, नेपाल इन्जिनियरिङ सेवातर्फ डा. जगदीश्वर कर्माचार्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0