
काठमाडाैं, ११ असाेज । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको दक्षिणमा रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र (Well-Marked Low Pressure Area) को समेत प्रभाव रहेको छ।
हाल मौसमको अवस्था:
हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा, बागमती र कर्णाली प्रदेशको केही स्थानमा साथै कोशी र मधेश प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसोः गण्डकी, लूम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने, कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।
रातिः सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका थोरै स्थान, मधेश प्रदेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
























