काठमाडौं, २२ जेठ । साताकाे शेयर काराेबार हुने अन्तिम दिन बिहिबार पनि नेपाली शेयर बजारमा गिरावट भएकाे छ । नेप्सेमा ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा रहेकाे छ ।

सूचकहरुमा घटेकाे भएपनि अघिल्लाे दिनकाे तुलनामा काराेबार रकम भने बढेकाे छ । नेप्सेका अनुसार यसदिन रुपैयाँ ७ अर्ब ९७ करोड बराबरकाे काराेबार भएकाे छ । ४ वटा कम्पनीमा सकारात्मक सर्किट लेबलकाे कारोबार भएकाे छ ।

लामाे समयदेखि बजारमा उभार आउन सकेकाे छैन । बजारकाे गति बढाउन पुराना लगानीकर्ताहरुकाे सकृयता र नयाँ लगानीकर्ताहरकाे आगमन हुन जरुरी हुन्छ । बजारकाे सबलताका लागि नयाँ लगानीकर्ता महत्वपूर्ण मानिन्छन् । साथै संस्थागत लगानीकर्ताको उपस्थिति बलियो हुनुपर्दछ ।

बिहिबार ३११ कम्पनीहरुको १ करोड ७१ लाख बढी कित्ता शेयरकाे कारोबार भएको छ । यसबाट ९१ करोड रुपैयाँ बढीकाे काराेबार गरेकाे राधी विद्युत कम्पनी पहिलाे स्थानमा रहेकाे छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र बुटवल पावर कम्पनी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0