पोखरा,असोज २/ पोखरा महानगरपालिका १० औधोगिक क्षेत्र अगाडि मिलन टोल, मिलन मार्गमा ‘फेमिली सा मार्ट’ सञ्चालनमा आएको छ । शुक्रवार बाट सञ्चालनमा आएको मार्ट ६० लाख रुपैँयाको लगानिमा सञ्चालनमा आएको हो । आधुनिक तथा व्यवस्थित स्वरूपमा स्थापना गरिएको मार्टले स्थानीय उपभोक्तालाई एउटै छानामुनि दैनिक उपभोग्य आवश्यक सामग्री उपलब्ध गराउने लक्ष्य लिएको सञ्चालक सुब्बा गुरुङले बताए। मार्टको उद्घाटनका अवसरमा ग्राहकलाई लक्षित गदै सामानमा १० प्रतिशत सम्म विशेष छुट को व्यवस्था गरिएको सञ्चालक गुरुङले उल्लेख गरे ।

पोखरा–१० का स्थानीय उपभोक्तालाई लक्षित गर्दै मार्ट सञ्चालनमा ल्याएका हौँ। मार्टमार्फत स्थानीय क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै व्यापारिक गतिविधिमा पनि योगदान पु¥याउने हाम्रो उद्देश्य हो। आगामी दिनमा ग्राहकको आवश्यकता र सुझावलाई ध्यानमा राख्दै सामग्री तथा सेवामा थप विविधता ल्याउँदै जानेछौँ”सञ्चालक गुरुङले भने ।पछिल्लो समय पोखरामा दैनिक उपभोग्य वस्तुको खरिदका लागि सुपरमार्केट तथा मार्टप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ। एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुने, मूल्य तथा सामग्री छनोट गर्न सहज हुने र खरिदमा समय बचत हुने भएकाले यस्ता मार्टप्रति उपभोक्ताको रुचि बढेको देखिन्छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0