Facebook X Youtube
  • dat
  • होमपेज
  • समाचार
  • विजनेस
    • अर्थ
    • अर्थनीति
    • कर्पोरेट
    • पर्यटन
    • रोजगार
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
खोज
साइन इन
स्वागत छ! आफ्नो खाता मा प्रवेश
Forgot your password? Get help
पासवर्ड रिकभरी
आफ्नो पासवर्ड रिकभर
एक पासवर्ड तपाईं ई-मेल गरिनेछ।
Radio Annapurna FM Online Annapurna
Radio Annapurna FM Radio Annapurna FM
  • dat
  • होमपेज
  • समाचार
    • ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ :…

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      काठमाडौँलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

  • विजनेस
    • सबैअर्थअर्थनीतिकर्पोरेटपर्यटनरोजगार

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      २२औँ लेखनाथ महोत्सव पुस २ देखि १३ गतेसम्म हुने

      नमोबुद्ध जात्रा आजदेखि सुरु

  • जीवनशैली
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे

      भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

      आश्विन शुक्ल पञ्चमीः स्कन्दमाताको पूजा आराधना गरिँदै

      दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

      नेफिनकाे आयोजनामा FPIC निर्देशिका कार्यपत्रसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठी सम्पन्न

  • मनोरन्जन
    • सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा पोखरामा सुझाव सङ्कलन

      ‘लमजुङ दरबार’सँगै बाँचेको माया

      युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

      अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

      तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

  • विचार
  • खेलकुद
  • विश्व
  • अन्य
  • Live Radio
घर headline main न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा

न्यू दमौली ४०० केभी सवस्टेशन निर्माण तीव्र गतिमा

द्वारा
अनलाइन अन्नपूर्ण
-
58
Facebook
X
Pinterest
WhatsApp

    दमौली (तनहुँ), २ असोज। मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा निर्माण भइरहेको न्यू दमौली ४०० केभी क्षमताको सवस्टेशनको भौतिक प्रगति ३६ प्रतिशत पुगेको छ । एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार आयोजनाको वित्तीय प्रगति भने १२ प्रतिशत रहेको छ ।

    सवस्टेशन निर्माणको जिम्मेवारी भारतको टेक्नो इलेक्ट्रिक एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ । आयोजनाका लागि तीन करोड ८८ लाख ८३ हजार छ सय ४३ अमेरिकी डलरमा सम्झौता भएको हो । सम्झौता सन् २०२४ जुलाई ३१ मा भएको थियो भने सन् २०२७ नोभेम्बर २२ सम्ममा सम्पन्न गर्ने गरी निर्माण सन् २०२४ अगस्ट १८ देखि सुरु गरिएको थियो ।

    निर्माण सम्पन्न भएपछि न्यु दमौली सवस्टेशनले विद्युत् प्रसारण प्रणालीको क्षमता विस्तार तथा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । पाँच पालिकामा विद्युत् वितरण प्रणाली सुधार एमसिए नेपालले सवस्टेशन निर्माणसँगै साझेदारी क्रियाकलापअन्तर्गत तनहुँका पाँच स्थानीय तहमा विद्युत् वितरण प्रणाली सुधारको कामसमेत अघि बढाएको छ । यसअन्तर्गत पुराना तथा कमजोर विद्युत् पोल प्रतिस्थापन, एबी केबल तथा एसीएसआर केबल जडान र ट्रान्सफर्मर थप गर्ने काम भइरहेको छ ।

    व्यास नगरपालिका-१, १२, १३ र १४ मा ४०७ वटा विद्युत् पोल फेर्ने, ४१ दशमलव २२ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा सात दशमलव ८२ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । त्यस्तै आँबुखैरेनी गाउँपालिका-३, ४ र ५ मा ३७४ वटा पोल प्रतिस्थापन, २४ दशमलव ६६ किलोमिटर एबी केबल जडान, सातवटा ट्रान्सफर्मर निर्माण तथा १८ दशमलव ८५ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने योजना छ ।

    बन्दीपुर गाउँपालिका-२, ३ र ६ मा २८४ वटा पोल फेर्ने, २१ दशमलव शून्य पाँच किलोमिटर एबी केबल जडान, पाँच वटा ट्रान्सफर्मर निर्माण तथा १५ दशमलव ५५ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । घिरिङ गाउँपालिका-१, २, ३ र ५ मा ७८ वटा विद्युत् पोल प्रतिस्थापन, ५७ दशमलव ६८ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव छ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ । यसैगरी ऋषिङ गाउँपालिका-१, ६, ७ र ८ मा ९२ वटा पोल फेर्ने, ४२ दशमलव ६५ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण तथा चार दशमलव ६२ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने कार्यक्रम छ ।

    एमसिए साझेदारी क्रियाकलापअन्तर्गत सञ्चालन हुने यी कामले ग्रामीण तथा सहरी क्षेत्रमा विद्युत् वितरण प्रणालीलाई थप सुरक्षित र भरपर्दो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको ढकालको भनाइ छ । पुराना पोल तथा तार विस्थापन गरी एबी केबल जडान गरिने भएकाले विद्युत् चुहावट तथा प्राविधिक समस्या न्यूनीकरण हुनुका साथै उपभोक्ताले गुणस्तरीय विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ । 

    Facebook
    X
    Pinterest
    WhatsApp
      अघिल्लो लेखमापोखरामा १० मा ‘फेमिली सा मार्ट’ सञ्चालनमा, उद्घाटनसँगै विशेष छुट पाइने
      अर्को लेखमासंविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
      अनलाइन अन्नपूर्ण
      अनलाइन अन्नपूर्ण

      सम्बन्धित लेखलेखक बढी

      ‘नेपाल-भारत सम्बन्ध हिमालय जत्तिकै अटल र महासागर जत्तिकै विशाल छ’ : प्रधानमन्त्री शाह

      नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी

      प्रधानमन्त्री शाह र प्रधानमन्त्री मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

      सिफारिस

      Casinoformat och spelupplägg: en guide för spelare

      November 24, 2026

      Каким делом заниматься ввечеру по окончании рабочего дня

      November 24, 2026

      Каким занятием увлечься вечерком по окончании рабочего дня

      November 24, 2026

      Каким делом заняться ввечеру по завершении рабочего дня

      November 24, 2026

      Casino web-based: how toward assess games, banking plus portal quality

      November 24, 2026
      लोड
      Radio Annapurna FM
      हाम्रो बारे
      सुचना बिभाग दर्ता : १३२८/०७५/७६
      अध्यक्ष : विश्वशंखर पालिखे
      सम्पादक : सञ्जय मल्ल
      कार्यकारी सम्पादक : सबिन रेग्मी
      महा–प्रबन्धक : नारायण पौडेल Pokhara-4, Gairapatan, Nepal
      Contact: 061-54324
      annapurnanews@gmail.com
      हामीलाई पालन
      Facebook X Youtube
      © Developed by : Ashish Puri
      बढी कथाहरू

      Casinoformat och spelupplägg: en guide för spelare

      wp-admin - November 24, 2026 0