नारायण शर्मा, नवललपरासी, २४ भदाै । कावासोतीमा रहेको मध्यबिन्दु प्रादेशिक अस्पतालमा आगामि असोजबाट जलन उपचार सेवा शुरु हुने भएको छ।

जलन उपचार सेवा शुरु गर्न अस्पताल र रोटरी क्लब कावासोती बिच सम्झौता भएको छ । जलन उपचार सेवा शुरु गर्न ६८ लाखको लागत सम्झौता भएको हो । रोटरियन प्रदिपराज भटटराईकी छोरी आन्भी भटटराईको स्मृतीमा संचालन हुने उक्त जलन उपचार सेवाको शुरुवाती लागत ६८ लाख रहने अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए।

जलन उपचारसेवा संचालन गर्न दुई संस्थाबिच भएको सम्झौतामा अस्पतालकी निमित्त मेडिकल सपरिटेण्डेन्ट स्मिता न्यौपाने, अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरे र रोटरी क्लबका अध्यक्ष यमप्रसाद न्यौपाने र पूर्व अध्यक्ष नारायण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन्।

पहिलो चरणमा ५ वर्षका लागि जलन उपचार सेवा नियमित गर्ने गरि दुई संस्थाबिच सहमती भएको रोटरीका संस्थापक अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिए । जलनमा परेकाहरुको उपचारमा सघाउन मध्यबिन्दु अस्पतालले यस्तो सेवा पहिलो पटक शुरु गरेको अस्पतालले जनाएको छ ।

आन्भी मेमोरियल मध्यबिन्दु अस्पताल जलन उपचार केन्द्र असोज दोश्राे साताबाट सुरु हुने रोटरि क्लब कावासोतीका अध्यक्ष यमप्रसाद न्यौपानेले जानकारी दिए । यो अस्पतालमा जलन उपचार सेवाको तालिम लिएका चिकित्सकको टीमले यो सेवा दिने बताइएको छ।

मध्यबिन्दु अस्पताल नै पूर्वी नवलपरासीमा जलन उपचार सेवा दिने पहिलो अस्पताल हो । हाल अस्पतालले दिदै आएको सेवालाई थप ब्यबस्थित र बिशेषज्ञ चिकित्सकको सेवा सहित अँन्भी स्मृती जलन उपचार सेवा शुरु हुने भएपछि यस क्षेत्रका स्थानिय खुशि देखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0