पोखरा, २५ साउन । नेपाल परिवार नियोजन संघ कास्की शाखाले के चाहन्छन् युवा ? भन्ने विषयमा युवा भेला गर्ने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा साउन २७ गते युवा भेला गरिने नेपाल परिवार नियोजन संघका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं १८ कार्यालयको सहयोगमा गरिने भेलामा १८ देखि २१ वर्ष उमेरका युवाको सहभागिता रहने छ । युवाको भावना र आवश्यकतालाई बुझ्ने उद्देश्यले भेला गर्न लागिएको नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारीले जानकारी दिनुभयो ।

भेलाको निष्कर्ष स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला निकायलाई समेत बुझाउने योजना छ । भेलामा किशोरकिशोरी तथा युवाका लागि अतिमहत्वपूर्ण मानिएको यौन तथा प्रजनन् स्वास्थ्य र वृहत्त यौनिकता शिक्षाका बारेमा समेत सचेतना गराइने छ ।

संघले यसअघि अन्नपूर्ण गाउँपालिकाको सहयोगमा गाउँपालिकाभित्रका १० विद्यालयमा अध्ययनरत ४० जना किशोरकिशोरीहरुका लागि दुई दिने यौंन तथा प्रजनन् स्वास्थ्य एवं वृहत यांैनिकता शिक्षा तालिम सम्पन्न गरेको थियो ।

त्यस्तै कास्की जिल्लाका करिब ३० वटा विद्यालय तथा कलेजमा यौंन तथा प्रजनन् स्वास्थ्य एवं वृहत यांैनिकता शिक्षालाई अभियानका रुपमा संचालन गरेको थियो । संघले छिट्टै शाखाको क्लिनिकलाई किशोरकिशोरी मैत्री क्लिनिकका रुपमा संचालन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0