
पोखरा, २५ साउन । सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो ।
पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिनुभयो ।
सेतीनदी र फुस्रेखोलाको किनारामा अवस्थित दुवै वन समुहको आयआर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँँले रोपिएका विरुवा रोप्नु भन्दा पनि संरक्षण चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काप्mलेले वनको संरक्षण गर्नुभनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नु भएको बताउनुभयो । विश्वमा जनसंख्या वृद्धिसंगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनिकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको वताउँदै उहाँँले वनलाई उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
स्थानीय तथा मौलीक प्रजातिका विरुवा हुर्काउन सहज हुने विश्वास व्यक्त गर्दै उहाँले समुहले काठ बिक्री तथा वन पैदावारको उपयोग मात्र नभई वातावरण संरक्षणमा अतुलनिय योगदान पु¥याउदै आएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य एवम समुहका बरिष्ठ सल्लाहकार हरिप्रसाद बास्तोलाले सिन्दुपाल्चोक जिल्लाको ठोर्कपा सामुदायिक वन समूहबाट शरु भएको सामुदायिक वनको अभियान हाल मुलुकका ७७ वटै जिल्लामा विस्तार भएको जानकारी दिनुभयो ।
नेपाल सर्वोच्च शिखर सगरमाथा, वुद्ध जन्मभूमीसंग विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएको उल्लेख गर्दै वन क्षेत्रलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने तीनै तहका सरकारको ध्यान जानु पर्ने आवश्यकता औल्याउनुभयो ।
साढे बाह्र हेक्टर क्षेत्रफलमा पैmलिएको रातोपैह्रा सामुदायिक वन क्षेत्रमा विभिन्न समयमा वृक्षारोपण गरिएका चाँप, लप्सी, उत्तीस, रुद्राक्ष,बाँससंगै स्थानीय प्रजातिका बोट विरुवाले हराभरा हुँदै गएको बताउँदैउपभोक्ताले उपयोग भन्दा पनि संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका वन समूहलाई राज्यकोतर्पmवाट आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले सञ्चालन गर्नुभएको थियो । बाँस रोप्ने कार्यक्रममा समुहका पदाधिकारी, उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसअघि पोखरा १७ को कालजरुवा सजिवन घारी सामुदायिक वन समूहमा २७० वटा बाँसका विरुवा रोप्ने कार्य सम्पन्न भएको समुहका अध्यक्ष बिक्रम भण्डारीले जानकारी दिनुभयो । दुवै सामुदायिक वनमा रोपिएको विरुवा वडा कार्यालय पोखरा १७ ले निशुल्क उपलव्ध गराएको थियो । हरिप्रसाद बास्तोला
























