पाेखरा, २५ साउन । प्रतिनिधि सभा सदस्य परशुराम तामाङले आदिवासी जनाजतिहरुको पूर्ण अधिकार सुनिश्चतका लागि पूनः सडकमा आउनुपर्नेमा जोड दिनुभइकाे छ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ ३२ औं विश्व आदिवासी दिवस २०२६ को अवसरमा भएको वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै, नेपाल आदिवासी जनाजाति केन्द्रिय संस्थापक समेत रहनुभएका तामाङले सडकमा आउनुपर्नेमा जोड दिनुभएको हो ।

आदिवासी जनजातिलाई अरु सरह सहभागिता गराउनका लागि उहाँले सरकार समक्ष माग गर्नुभएको छ । तामाङले अहिलेको अवस्थमा लोकतन्त्र कमजोर भएको औल्याउनुहुँदै, यसप्रति रास्वपा वढी सचेत, जिम्मेवार र बफादार हुनुपर्ने आग्रह गर्नुभयो । साथै देश वचाउनमा आदिवासी जनजाति एक हुनुपर्ने र नाचगान सँगै, राजनितिमा अघि वढ्नुपर्ने बताउनुभयो ।

आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको आयोजना तथा जिल्लाको समन्वयमा मगरसंघ हलमा भएको कार्यक्रममा विशेष अतिथि आदिवासी जनजाति महिला महिला महासंघ केन्द्रिय संस्थापक, स्तेला तामाङ, महासंघ गण्डकी प्रदेशका संस्थापक खेम पुन मगर, सल्लाहकार बालकृष्ण काउछा मगर, तमुधि नेपालका अध्यक्ष हुम बहादुर तमु, नेपाल मगरसंघ गण्डकी प्रदेशका अध्यक्ष दान बहादुर थापा मगर लगायतले सवै जनजातिहरु एक हुनुपर्नेबारे बोल्नुभएको थियो ।

कार्यक्रम हुनु अघि पोखरा शभागृह देखि निकालिएको विविन्न झाकाी सहितको ¥याली लखनचोक हुँदै, चाइनापुल र कार्यक्रम स्थलमा पुगेको थियो भने, कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

महासंघ कास्की जिल्लाका कार्यवहाक अध्यक्ष असोक भट्टचनको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ संरक्षक धर्म बहादुर तमुले धन्यबाद ज्ञापन र प्रमुख सचिव सुजन लामाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । विश्व आदिवासी जनजाति दिवस प्रत्येक वर्ष अगस्त ९ तारिखमा मनाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0