काठमाडौं, २५ साउन । साउन २५ गते सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा पनि फेरबदल भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन (आइतबार) सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य सोमबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ कायम भएको छ। गत आइतबार चाँदी प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0